June 24, 2017, 4:09 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

चीनले बनायो विश्वकै तीब्र गतिमा कुद्ने रेल

काठमाडौ । पछिल्लो पुस्ताको बुलेट ट्रेनभन्दा एक घन्टामा ५० किलोमिटर बढी दुरी पार हुन सक्नेगरी चीनले विश्वकै तीब्र गतिमा कुद्ने (हाइ स्पिड) रेल बनाएको छ ।

विश्वकै तीब्र गतिमा गुड्ने रेल आउँदो महिनाबाट लिकमा उत्रने भएको छ । चीनले तयार पारेको प्रतिघन्टा ३ सय ८० किलोमिटर स्पिडमा कुद्ने रेल तयार भएको पिपुल्स डेलीले जनाएको छ। ज्याङ्जावोबाट छुझाउसम्म रेलले यात्रा गर्नेछ।

पछिल्लो पुस्ताको बुलेट ट्रेनभन्दा ५० किलोमिटर प्रतिघन्टा बढी दुरी तय गर्ने यो रेलको परीक्षण गर्दा ४ सय किलोमिटर प्रतिघन्टाको रेकर्ड कायम भएको थियो।

बेइजिङ-साङ्घाइ लगायतका सहरहरुलाई यस्तै हाइ स्पिड रेलबाट जोड्न चीनले १६ हजार किलोमिटर ट्र्याक बनाइसकेको छ। बेइजिङ-साङ्घाइ रेलले गत वर्ष एक अर्ब डलर नाफा कमाएको थियो।

चीनले नेपालसम्मै आफ्नो रेल वे नेटवर्क विस्तार गर्ने योजनासमेत अघि बढाइसकेको छ। चीनको सीमावर्ती क्षेत्रमा यसको पूर्वाधारका कामहरु भइरहेका छन्। सीमाबाट काठमाडौंसम्मै रेलको लिङ्केज गर्ने नेपाल सरकारको पनि तयारी छ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार