पाइलट-एटिसी अडियो ‘लिक’ अनुसन्धानमा

काठमाडौं । युएस बंगला एयरलाइन्सका पाइलट र एयर ट्राफिक कन्ट्रोलबीचको अडियो रेकर्ड 'लिक'बारे छानवीन गरिने भएकाे छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) काे सहयाेगमा अनुसन्धान गर्ने भएकाे हाे।

त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले छानवीन गर्न लागेको जानकारी दिए।

‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम अनुसार एटीसी सम्वाद र अन्य आँकाडा सार्वजनिक गर्न मिल्दैन । त्यसमा हामी छानवीन गर्दैछौं’, उनले भने, 'ककपिट र एटीसीबीचको संवाद कसले बाहिर लिक गर्यो भनेर छानवीन हुन्छ ।'

युएस बंगलाको विमान दुर्घटनाको २ मिनेटभित्र उद्धार टोली घटनास्थल पुगेकाे उनले दाबी गरे । दुर्घटनाको ३ मिनेटभित्र आपतकालीन सेवा पुग्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । ‘विमानमा लागेको आगोले विमानस्थलको घाँसे क्षेत्रमा डढेलो लागेकाले आगो नियन्त्रण गर्न अलि कठिनाई भएको हो । दमकल लगायत उद्दार टोली समयमै पुगेको हो’, महानिर्देशक गौतमले भने ।

प्राधिकरणाले सोमबार त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनापछि विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावरका ६ कर्मचारी सरुवा गरेको छ । सरूवा हुने सबै एयर ट्राफिक कन्ट्रोल टावर कर्मचारी हुन् । आफ्नै आखाँ अगाडि ठूलो दुर्घटना भएको देख्दा कर्मचारी त्रसित हुने भएकाले त्यहाँका कर्मचारीलाई विभागमा सरुवा गरिएको प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्नेक्रममा बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ यूएस बंगला एअरलाइन्सको विमानमा सोमबार अवतरणका क्रममा अचानक आगलागी हुँदा ४९ जनाको मृत्यु भएको थियो । दुर्घटनामा २२ जना घाइते भएका छन् । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs