फेसबुकले प्रयोगकर्ताको आर्थिक हैसियत पत्ता लगाउने

काठमाडौं । अब फेसबुकले प्रयोगकर्ताको आर्थिक हैसियत बताउने प्रविधि ल्याउने भएको छ । प्रयोगकर्ताको सामाजिक, आर्थिक अवस्थाबारे बताउने प्रविधि ल्याउने तयारीमा फेसबुक लागेको छ ।

निम्न, मध्यम वा उच्च कुन वर्गका हुन् भनी बताउने प्रविधिका लागि प्याटेण्ट आवेदन दिएको बताइएको छ । फेसबुकले व्यक्तिको शिक्षा, घरजग्गा लगायत सम्पत्तिको स्वामित्व र इन्टरनेट प्रयोगजस्ता व्यक्तिगत तथ्यांक संकलन गरेर उसको सामाजिक आर्थिक स्तरबारे अनुमान गर्ने प्रणाली बनाउन चाहेको प्याटेण्टमा उल्लेख गरिएको छ ।

फेसबुकले सुरुमा प्रयोगकर्तालाई उसको उमेर सोध्ने छ । त्यसपछि उमेरसमूह अनुसारका अन्य प्रश्नहरु पनि सोध्ने छ । जसले उसको आर्थिक हैसियत बताउन मद्दत गर्नेछन् । जस्तो कि, २० देखि ३० बर्षको उमेरको मान्छेलाई सोधिने छ, उसले कतिवटा इन्टरनेट डिभाइसहरु प्रयोग गर्छ र अनि ३० देखि ४० बर्षकोलाई सोधिने छ ।

यसबाहेक फेसबुकले प्रयोगकर्ताको यात्रा इतिहास, इन्टरनेट जडित ग्याजेटको स्वामित्व, उसको शिक्षाको अवस्था लगायतका अन्य बिषयहरु पनि ट्रयाक गर्नेछ । जसको मद्दतबाट प्रयोगकर्ताको आर्थिक हैसियत थाहा पाउन सजिलो हुनेछ । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
More Jobs