विदेश जाने कामदारकाे लागि रोजगार ‘एप’ सार्वजनिक

काठमाडौँ । विदेशी मुलुकमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो ।

वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरेर एप सार्वजनिक गरिएको मिडियाका सम्पादक अनिल अधिकारीले जानकारी दिए ।

“रोजगारीका लागि विज्ञापन सहजै छान्न, विज्ञापन सहज हो या होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी दिन एपले महत्वपूर्ण भूमिका खेल्नेछ,”– उनले भने ।

एपभित्र देशगत रुपमा आफूले मन परेको देशको माग कामदार माग, सर्वाधिक धेरैले मन पराएको माग, तलब, पद तथा कम्पनी अनुसारको मागको विज्ञापन सजिलै छानेर हेर्न तथा सिधा सम्पर्क गर्न सकिने सम्पादक अधिकारीको भनाइ छ ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले वैदेशिक रोजगारले मुलुक विकासमा ठूलो योगदान पु-याएको बताउँदै वैदेशिक कामदारलाई लक्षित गरेर एप सार्वजनिक गरेर राम्रो कामको शुरुवात भएको बताए । “यस्ता काम सरकारी क्षेत्रबाट हुनुपर्ने हो, निजी क्षेत्रले ढिलै भएपनि राम्रो काम गरेको छ,”– उनले भने ।

वैदेशिक रोजगार विभागका निर्देशक रामकुमार थापाले यो एपले कामदार र व्यवसायीबीच पुलको काम गरेको बताए । एप सञ्चालनका लागि चाहिने आवश्यक सूचनाबारे विभागले सहयोग गर्ने उनको भनाई थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs