डाटा डिलिट गरेकाे अभियाेगमा पाठक पक्राउ

काठमाडौं । नेपाल सरकारका मन्त्रालय, विभाग र संस्थान तथा प्राधिकरणसहित ८५ संस्थाका सम्वेदनशील वेब डाटा सर्भरबाट डिलिट गरेको अभियोगमा सफ्टवेयर डेभलपर कम्पनी इ-जोनका पूर्व कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्ने कमल पाठक रहेको प्रहरीले जनाएको छ । उनी चैत महिना अघिसम्म इजानेमै सफ्टवेयर डेभलपरकाे रूपमा कार्यरत थिए । चैत १ गते कम्पनीबाट विदा भएपछि उनले त्रिभुवन विश्व विद्यालय, व्यवस्थापिका संसदसहितका संस्थाको डाटा सर्भर डिलिट गरेको भन्दै इजोनले प्रहरीमा जाहेरी गरेको हाे । सोही आधारमा प्रहरीले पाठकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । 

इजोनले पाठकमाथि ८५ ग्राहकको डाटा सर्भरबाट अनाधिकृत रुपमा डिलिट गरेको आरोप लगाएको छ । विश्व बैंक र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम समेतको वेब डेभलपर कम्पनी इ-जोन हो । इ-जोनले आफ्ना ग्राहक संस्थाका डाटा एक्सेस वल्र्ड टेक कम्पनीमार्फत  क्लाउडमा भण्डारण गरिएका  डाटा पाठकले डिलिट गरेको अभियोग लगाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पाठकलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । परिसरअनुसार पाठकले ई–जोनले जागिरबाट निकालेको निहुँमा ८५ ग्राहकका महत्वपूर्ण डाटा क्लाउड सर्भरबाट मेटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

ई–जोनले परिसरमा दिएको जाहेरीमा २०७१ देखि कार्यरत रहेका पाठकलाई चैत १ मा कम्पनीले बिदा गरेको थियो । महत्वपूर्ण तथ्यांक रहे पनि तत्काल पासवर्ड परिवर्तन गर्दा ग्राहकमा समस्या आउने भन्दै कम्पनीले पासवर्ड फेरेको थिएन। त्यसकै फाईदा उठाउँदै पाठकले क्लाउडमा रहेका डाटा मेटाएकाे इजाेनकाे दाबी छ ।

इजाेनले प्रहरीलाइ पाठकले सर्भरमा अनाधिकृत रूपमा एक्सेस गरेकाे इन्टरनेट अाइपीसहित उजुरी गरेकाे छ। २७.३४.२०.१८४ काे अाइपिबाट वर्ल्डलिंक कम्युनिकेशनकाे इन्टरनेट प्रयाेग गरी घटना गराएकाे दाबी इजाेनले गरेकाे छ ।

‘८५ कम्पनीका महत्वपूर्ण तथ्यांक मेटाएर हानी पुर्याएकाले आवश्यक कारवाही गरिपाउ भनि जाहेरी आएको हो, विद्युतिय कारोबार ऐनअनुसार कारवाही थालेका छौं,’ परिसरका डिएसपी मोहन थापाले भने ।

नेपाल सरकार, व्यवस्थापिका संसद र त्रिभुवन विश्व बिद्यालय, नागरिक उड्डयन प्राधिकरणसहित विश्व बैंक र युएनडिपी अाफ्ना ग्राहक रहेकाे इजानेकाे साइटमा उल्लेख छ । याे कम्पनीले मुख्यत स्कूल कलेजका सफ्टवेयर निर्माण गर्ने वेबसाइटमा जनाइएकाे छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs