सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा उच्चगतिकाे इन्टरेट पुर्याउने याेजनासहित ५ वर्षकाे शैक्षिक मार्गचित्र सार्वजनिक गरेकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकलाई समृद्ध बनाउने संकल्प पूरा गर्न ५ वर्षे शैक्षिक मार्गचित्र सार्वजनिक गरेको हाे ।

विगतको पाठ, वर्तमानको धरातल र भविष्यको अपेक्षा सम्बोधन भनेर ल्याएको मार्गचित्र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एक कार्यक्रमबीच सार्वजनिक गरेका छन् । मार्गचित्रमा देशभक्तिलाई प्रवद्र्धन गर्ने शैक्षिक प्रणाली अवलम्बन गर्ने उल्लेख छ । मन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउने कामलाई सुनिश्चित हुनेगरी आवश्यक कानुनी, संरचनागत र संस्थागत रुपान्तरण गर्ने पनि स्पष्ट पारे ।

मार्गचित्रमा विद्यालय तहको शिक्षालाई निःशुल्क तथा विश्वविद्यालय तहको शिक्षालाई अनुसन्धानमूलक बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ । राष्ट्रलाई आवश्यक हुने जनशक्ति निर्माण हुने गरी आवश्यक जनशक्ति निर्माण गर्ने योजना पनि अघि सारिएको मन्त्री पोखरेलले बताए ।

मार्गचित्रमा सबै प्रदेशहरुमा एक आवासीय भातृभाषा विद्यालय स्थापना गर्ने योजना मागृचित्रमा छ। आवश्यकता र स्थानीय रुचि र चाहनाअनुसार पाठ्यक्रम निर्माण गर्ने घोषणा पनि गरिएको छ । मन्त्री पोखरेलले बालबालिकाको चाहना अनुसारको पाठयक्रम निर्माणका लागि स्थानीय तह सरकारसँग समेत परामर्श गर्ने प्रतिवद्धता पनि व्यक्त जनाए । मार्गचित्रमा सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने प्रतिवद्धता उल्लेख छ ।

त्यसैगरी शिक्षामा प्रविधिको पहुँच पुर्याउने सबै सामुदायिक विद्यालयहरुमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने, प्राविधिक शिक्षालाई रोजगारीसँग प्रत्यक्ष जोड्ने, उच्च शिक्षामा राष्ट्रिय स्वयमसेवा कार्यक्रम संचालन गर्ने उल्लेख छ ।

मन्त्री पोखरेलले शैक्षिक निकाय र जनशक्तिलाई पारदर्शी र सेवाग्राहीप्रति उत्तरदायी बनाउन सुशासनमा जोड दिने पनि स्पष्ट पारे । मार्ग चित्रमा अभिव्यक्त नीति, कार्यक्रम र योजनाहरु ठोस कार्यान्वयनका लागि तत्काल गर्नुपर्ने ३ महिने कार्ययोजना बैशाख २ गते सार्वजनिक गर्ने मन्त्रालयको योजना छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs