दीगोे शहरी यातायातको स्मार्ट बस चल्ने

काठमाडौँ ।  काठमाडौंमा १७ वटा स्मार्ट बस चल्ने भएको छ । दीगोे शहरी यातायात प्रालिले रत्नपार्कदेखि नयाँ बसपार्कसम्म १७ वटा नयाँ स्मार्ट बस सञ्चालनमा ल्याउन लागेको हो । जेठ अन्तिम हप्ता नै सञ्चालनमा ल्याउने भनिए पनि विभिन्न कारणले भोलि साउन २८ गते बस सञ्चालन आउन लागेको हो । दीगो सहरी यातायात आयोजना अन्तर्गत काठमाडौंमा निर्धारण गरिएका ६६ वटा रुटमध्ये अहिले रत्नपार्क – नयाँ बसपार्क रुटमा गाडी चलाउन लागिएको हो ।

बस नयाँबसपार्कबाट गोंगबु चोक, गल्कोपाखा चोक, लैनचौर, केशरमहल, जमल, तीनधारा पाठशाला, कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो वानेश्वर हुँदै सिनामंगल पुग्नेछन् । यस्तै फर्कंदा सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, शहिदगेट, जमल, लैनचौर, गल्कोपाखा चोक, गोंगबु चोक हुँदै नयाँ बसपार्क पुग्नेछन् । १० किलोमिटरको यो रुटमा जाम नभएको खण्डमा आधा घण्टामा बस गन्तव्यमा पुगिसक्ने प्रालिले जनाएको छ ।

५० यात्रु क्षमताको उक्त बसमा २४ वटा सिट छन् । अपाङ्ग मैत्री यी बसमा एउटा ह्विलचियर बेस पनि छ । यात्रुहरुले विद्युत्तीय कार्डबाट पनि भाडा तिर्न सक्ने व्यवस्था गरिएको छ । गाडी कहाँ पुग्यो भनेर थाहा पाउन मोबाइल एप्स प्रयोग गरिने सकिने कम्पनीले जनाएको छ ।

यस्तै यी गाडीहरुमा सीसीटीभी र ट्राफिक सेन्सर पनि जडान गरिएका छन् । नयाँ बसपार्कदेखि सिनामंगल पुग्नसम्म जम्मा २९ वटा बस स्टपमा गाडी रोकिने कम्पनीको भनाई छ । यो रुटमा बढीमा २५ रुपैयाँसम्म भाडा पर्ने जनाइएको छ । यस रुटमा चल्दै आएका ७१ वटा माइक्रो तथा ट्याम्पोहरु विस्थापन गरेर यी बस चलाउने निर्णय यातायात व्यवस्था विभागले गरेको हो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs