Wednesday, 20th March, 2019

ब्राउनसुगर कारोबारमा ड्रोनको प्रयोग भएको खुलासा

काठमाडौँ । ब्राउन सुगर कारोबारीले प्रहरीबाट बच्न अत्याधुनिक प्रविधिको प्रयोग गर्ने गरेको खुलेको छ । लागूऔषध कारोबारी धरानका वितु भनिने जिनिश गुरुङले ड्रोनको प्रयोग गरेर ब्राउन सुगर बिक्री गर्ने गरेको खुलेको हो ।

प्रहरीले उनलाई मंगलबार उनकै कोठाबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनले भने ‘प्रारम्भिक अनुसन्धानमा उनले ड्रोनबाट विभिन्न स्थानको गतिविधि मोनिटर गरेर मात्रै ब्राउन सुगर बिक्री वितरण गर्ने गरेको देखिएको छ ।’

बोगटीका अनुसार उनलाई प्रहरीले ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । उनको कोठामा ब्राउन सुगर जोख्न प्रयोग हुने उपकरण पनि भेटिएको थियो । ‘उनको साथबाट ३ ग्राम मात्रै ब्राउन सुगर भेटिए पनि उनी डिलर नै हुन्’, बोगटीले सञ्चारकर्मीसँग भने, ‘उनको अन्य लागूऔषध कारोबार गर्ने गिरोहसँग पनि सम्बन्ध देखिएको छ ।’

बोगटीले बताएअनुसार प्रहरीले बरामद गरेको ड्रोनको फुटेजमा उनको घर वरीपरीका दृश्य देखिन्छन् । कुनै खोलाको आसपास टाढाटाढासम्मका दृश्य लिएको पनि देखिन्छ । ती दृश्यका आधारमा प्रहरीमाथि निगरानी गरेर मात्रै उनले लागूऔषध बिक्री गर्ने गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको हो ।

अनुसन्धान अधिकारीहरुका अनुसार उनले आफू डिजिटल फोटो एडिटर भएको बताएर कोठा भाडामा लिएका थिए । प्रहरीले उनलाई पक्राउ गरेसँगै उनले बिरामी भएको बताएका थिए । लगत्तै, प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News