Wednesday, 20th March, 2019

चीनमा फेरी घट्यो आइफोनको मूल्य

काठमाडौं । चीनमा आइफोनको विक्रीमा लगातार गिरावट आएसँगै विक्रेताहरु पटक–पटक आइफोनको मूल्य घटाउन बाध्य भइरहेका छन् । विक्री घटेसँगै विशेषगरी त्यहाँका अनलाइन विक्रेताहरुले आइफोनको मूल्य घटाइरहेका छन् ।  

चीनको अनालाइन विक्रेता सनिंग डटकमले आइफोन एक्सएसको मूल्यमा १४८.९५ डलर अर्थात् १६ हजार ८ सय रुपैयाँ बराबरको रकम घटाएको छ । सनिंग सहित अन्य विक्रेताहरुले जनवरी महिनामा मात्र आइफोनको अर्काे मोडलको मूल्य १९२ डलरले घटाएका थिए ।

चीनको ई–कमर्श कम्पनी पिनडुओडुओले पनि ६४ जीबीको आइफोन एक्सएसको मुल्य १४८.९५ डलर घटाएको छ । त्यस्तै जेडी डटकमले पनि आइफोन एक्सएस र एक्सएस म्याक्स समेत एप्पलको अन्य उत्पादनमा २५३ डलरसम्म छुट दिइरहेको छ ।यी कम्पनीहरुले पहिलोपटक एप्पलको उत्पादनमा छुट दिने घोषणा गरेका हुन् ।

विशेषज्ञहरुका अनुसार मूल्य अधिक भएका कारण चीनमा नयाँ आइफोनको विक्रीमा गिरावट आएको हो । स्थानीय कम्पनी हुवावेको स्मार्टफोनको तुलनामा आइफोन अधिक महंगो रहेको छ र यसमा इनोभेटिभ फीचर्स पनि छैन ।

केही दिन पहिले एप्पलका सीईओ टिम कुकले पनि चीनमा नयाँ आइफोनको विक्री अपेक्षा अनुसार नभएको बताएका थिए । त्यसैले कम्पनीले डिसेम्बर त्रैमासका लागि आम्दानी अनुमान ५.५ प्रतिशतले घटाएको थियो । आम्दानी अनुमान घटाउने घोषणा गरेको अर्काे दिन नै एप्पलको शेयर अमेरिकी बजारमा १० प्रतिशतले घटेको थियो । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News