Thursday, 18th April, 2019

बसमा ई–टिकेटिङ सिस्टम लागू गर्ने तयारी

पोखरा । पोखराका बसमा ई–टिकेटिङ सिस्टम लागू गर्ने तयारी थालिएको छ । नयाँ बर्षको सुरुदेखि नै सबै बसहरुमा स्मार्ट कार्ड मार्फत भाडा तिर्ने गरी ब्यवस्थापन मिलाउन लागिएको हो । यसका लागि पोखरा महानगरपालिका, पोखराका बस ब्यवसायीहरु र काठमाण्डौंको एनक्लाउड कम्पनीबीच आइतबार सम्झौता भएको छ ।

यो प्रविधि सुरु भएपछि ब्यवसायीले प्रत्येक यात्रुलाई बिशेष प्रकारको कार्ड उपलब्ध गराउने छन् । यात्रुले बोकेको त्यही कार्ड गाडीका सहयोगीले मेसिनमा ‘टच’ गराउनेछन् । जिपिएस जोडिएकोले यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ ।

कार्डलाई १ सय ५० रुपैयाँ पर्ने र एक पटकमा एक हजार रुपैयाँसम्म राख्न मिल्ने प्राविधिक कम्पनीका सिईओ दिपेन्द्र नारायण श्रेष्ठले जानकारी दिए । मेसिन चलाउने तालिम पनि कम्पनीले दिनेछ । टिकेटिङ सिस्टम जडान र नियमित सुचारु गर्नका लागि कम्पनीले पोखराका प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँका दरले खर्च असुल्नेछ ।

सबै बसमा लागू भए सेवा झनै प्रभावकारी हुने उनले सुनाए । ‘सबै बसमा सिस्टम भयो र यात्रुसँग कार्ड भयो भने निकै प्रभावकारी माध्यम बन्छ । हामी त्यसका लागि पहल गरिरहेका छौं, श्रेष्ठले भने–अहिले ८ सय वटा गाडीमा सिस्टम जडान गरेर सोही अनुसार कार्ड वितरण गर्छौं ।

आवश्यक्ता अनुसार यसलाई विस्तार गर्न सकिनेछ ।’ पोखरा महानगरका मेयर मानबहादुर जिसीले घरघरमा हुने बस स्टेसन यो ब्यवस्थापछि हट्ने र निश्चित स्टेसन कायम हुने बताए । ‘अहिले घरको ढोका ढोकामा बस रोकिन्छन् । भाडामा ठगिएको गुनासो पनि दिनहुँ सुन्नुपरेको छ, उनले भने–अव निश्चित स्टेसन राखिनेछन् । तोकिएको भन्दा बढी भाडा बुझाउनुपर्दैन । कार्ड बोकेर हिडेपछि पैसा हराउने डर पनि रहँदैन ।’ जिसीले पोखराको ट्राफिक ब्यवस्थापनको पहिलो चरणमा कार्ड सिस्टम लागू गर्न लागेको बताए ।

उनका अनुसार पोखरामा चल्ने गाडीहरुको स्तरबृद्धीमा पनि महानगरले जोड दिएको छ । ‘कालो धुवाँ फाल्ने गाडीलाई रोक्ने पक्षमा महानगर लागेको छ । युरो फोर मापदण्डका गाडी गुड्न थालिसके । हामी चाहीँ पूरानै जमानामा छौं, उनी भन्छन्–ब्यवसायीसँग समन्वय गरेर गाडीको स्तरीयता कायम गर्ने हो । पोखरालाई पोखराजस्तो बनाउन सडक पनि राम्रो हुनुपर्छ । सडकमा गुड्ने गाडी पनि स्तरीय हुनुपर्छ ।’

तत्काल पोखरा नगरभित्रका गाडीमा जडान गर्ने र पछि लामो दुरीका गाडीमा पनि यो सिस्टम चलाउने पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए । ‘यात्रु ठगिने सम्भावना पनि छैन । मालिक नोक्सानमा पनि जाँदैन । गाडीमा काम गर्ने सहयोगीलाई पनि भाडा उठाईरहने झण्झट पर्दैन, उनले भने–यो सिस्टम निकै प्रभावकारी छ । हामी सबैतिर लागू गर्न पहल गर्नेछौं । यसबाट सबैलाई फाईदा छ ।’

पोखरामा रहेका पृथ्वी बस समिति सहित पोखरा बस ब्यवसायी समिति, स्थानीय श्रृंगा यातायात, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस ब्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी ब्यवसायी समितिले ई–टिकेटिङ सिस्टममा जान राजी भएका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News