Thursday, 18th April, 2019

नयाँवर्षदेखि न्युरोडमा स्मार्ट पार्किङ बन्ने

काठमाडौं । कुनै काम बिशेषले न्युरोड र आसपासका ठाउँमा जानुपर्‍यो भने राजधानीवासीलाई पार्किङ कहाँ गर्ने होला भन्ने ठुलो चिन्ता हुन्छ । किनकी घना बस्ती, सीमित खुला ठाउँ र मानिसको बाक्लो चहलपहल हुने देशकै प्रमुख व्यापारिक केन्द्रमध्येको न्युरोडमा व्यवस्थित पार्किङ छैन ।

आउने वैशाखदेखि भने यो क्षेत्रमा जाँदा नागरिकले पार्किङको चिन्ता लिनु नपर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । नयाँ वर्षसँगै न्युरोड र आसपासका ५ ठाउँमा स्मार्ट पार्किङ लागु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

महानगरले ह्विल्स टुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाइपछाडिको भाग, विशाल बजारअगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ सुरू गर्न लागेको हो । यो योजना लागु भएपछि मोबाइलबाट पार्किङ छ कि छैन भन्ने हेर्न सकिनेछ । ठाउँ खाली भए बुक पनि गर्न सकिनेछ ।

त्यसका लागि त्यहाँ जानुअघि मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेरेर आफूलाई उपयुक्त लागेको स्थान बुकिङ गर्नु पर्नेछ। ह्विल्स टुली योर्स प्रालिका सूचना प्रविधि इञ्जिनियर हरिश अग्रवालले पार्किङ बुकिङ १५ मिनेट अगाडिमात्र गर्न सकिनेछ । 

त्यस ठाउँमा पार्किङको अवस्था जानकारी दिन एलइडी स्त्रिन राखिएको हुन्छ । रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर रिजर्भ नभएको पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् ।पार्किङको लागि दुई पांग्रे सवारीले प्रतिघन्टा २५, चार पांग्रेले ६० र छ पांग्रेभन्दा माथिका सवारीले २०० रूपैयाँ तिर्नु पर्नेछ ।

यी स्थानहरूमा एकपटकमा ८०० मोटरसाइकल र ४० गाडी पार्किङ गर्न सकिने महानगरले जनाएको छ । पार्किङलाई मर्यादित र व्यवस्थित बनाउन २४ जना पार्किङ अटेण्डेन्डकै शरिरमा गोप्रो लगाउने अग्रवालले जानकारी दिए ।

यो सेवा लिन मोबाइलमा ‘पार्क केटिएम’ नामक एप डाउनलोड गर्न गर्नुपर्नेछ । नयाँ वर्ष अगावै यो एप एन्ड्रोइड र एप्पल स्टोरमा उपलब्ध हुने अग्रवालले जानकारी दिए । काठमाडौं सहरको पार्किङ व्यवस्थापन प्राथमिकतामा रहेकाले नयाँ योजना लागु गर्न लागेको मेयर विद्यासुन्दर शाक्यले बताए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News