Thursday, 18th April, 2019

रोबोटले सेवा दिने रेष्टुरेन्टमा ग्राहकको भीड

काठमाडौं । रोबोट अर्थात् यन्त्रमानव नेपालमा पनि विद्यालय, बैंक तथा रेष्टुरेन्टहरुमा प्रयोग हुन थालेको छ । विगत ६ महिनादेखि काठमाण्डौको केकेएफसी रेष्टुरेन्टमा समेत रोबोटलाई वेटरका रुपमा प्रयोग गरिएको छ ।

राजधानीको न्यूरोड, खिचापोखरीमा अवस्थित पिपूल्स प्लाजामा रहेको चिकेन फ्राइड आइटम बेचिरहेको केकेएफसी अर्थात् क्रिस्पी क्रञ्ची फ्राइड चिकेनले आफ्नो रेष्टुरेन्टमा रोबोटद्वारा सेवा प्रदान गरी देशकै पहिलो रोबोट रेष्टुरेन्ट बनेको छ । 

दुई करोड लगानीमा सन् २०१७ नोभेम्बर २४ देखि संचालनमा आएको केकेएफसीमा ३ वटा रोबोट रेष्टुरेन्टमा वेटरका रुपमा सर्भ गरिरहेका भेटिन्छन् ।  यो रेष्टुरेन्टका अन्य शाखा मैतीदेवी, सिभिल मल र कुमारीपाटीमा समेत छन् । यो रेष्टुरेन्ट बिहान १० बजेदेखि ८ बजेसम्म खुल्ला रहन्छ भने मैतीदेवी र कुमारीपाटीमा बेलुकी १० बजेसम्म खुल्ला रहन्छ ।

रेष्टुरेन्टलाई फरक ढङ्गले डिजिटल बनाउने हेतूले नयाँ प्रयोग गरिएको एरिया मेनेजर देबेन्द्र रिमालको भनाई छ । कस्टमर सर्भिस र डाइनिङ्ग कस्टमर सर्भिस रोबोटले नै गर्ने गरेको रिमालले बताए ।

‘सुरुमा पैसा तिरिसकेपछि रोबोट आफैंले ग्राहकको टेबलसम्म खानेकुरा डेलिभरी गरिदिन्छ । ’उनले भने–‘हामीले स्पेशल टार्गेट रोबोट र न्यू टेष्ट अनि नयाँ अनुभवलाई गरेका हौं । ग्राहकबाट पाएको अपार मायाबाट हामी उत्साहित छौं ।’

निकट भविष्यमा सेल्फ अर्डर सिस्टममार्फत मनिटरमा अर्डर गर्न मिल्ने किसिमले अर्डर, भुक्तानी र डेलिभरीका लागि कर्मचारीबिनै डिल गर्न सकिने प्रबन्ध मिलाउन लागिएको मेनेजर रिमालले जानकारी दिए । अहिले पनि केकेएफसी एपमार्फत अनलाइन अर्डर र भुक्तानी गर्न मिल्छ ।

मुख्य शाखामा रहेको रेष्टुरेन्टमा दैनिक २ सय हाराहारी ग्राहक र होम डेलिभरीबाट ४० जना हाराहारीमा सेवा दिइरहेको रेष्टुरेन्टले दैनिक एक लाख बढीको व्यापार गरिरहेको छ ।सीतापाइलास्थित बुढाथोकी कोल्ड स्टोरबाट हलाल गरेको कुखुरा ल्याई अत्याधुनिक मेसिनबाट प्रोसेस गरी एकनासका साइजमा मासुहरु ल्याएर विभिन्न परिकारहरु बनाउने गरिएको समेत रिमालले सुनाए ।

‘जापानबाट ल्याइएका ३ वटा रोबोट अब हरेक स्टोरमा राखिनेछ।’ मेनेजर रिमालले भने–‘समयको अनुकुलता हेरेर हामी नेपालभर सबै शहरमा जानेछौं ।’ हाइजेनिक फूड सर्भिस नेपाली स्वादमा कुखुराका परिकार खुवाउने मुख्य लक्ष्य भएको रिमालको भनाइ छ ।

स्पेसल फेमिली वातावरणमा बच्चा, विद्यार्थीहरु र परिवारका लागि नै फोकस गरी रेष्टुरेन्ट खोलिएको उल्लेख गर्दै रिमाल भन्छन्–‘बच्चाहरुका लागि रोबोट विशेष आकर्षण भएको र स्वस्थकर खाना भएकाले काठमाण्डौंबासीको मायाले खुशी छौं । रेष्टुरेन्ट धुम्रपान र मद्यपान निषेध गरिएको छ ।’

सिर्जनशील उद्यमी र युवाहरुको यस्ता प्रयासलाई राष्ट्रले समेत संरक्षण तथा प्रवद्र्धन गर्न जरुरी छ । बिदेशमा सिकेको सीप स्वदेशमा लगानी गरेको खण्डमा मुलुकले आर्थिक रुपमा काँचूली फेर्न धेरै समय लाग्दैन ।

मुलुकले बोकेको मुख्य नारा समृद्ध नेपाल र सुखी नेपालीको सपनाहरु पूरा गर्न सम्पूर्ण युवाहरुकै अमूल्य भूमिका रहन्छ । व्यवसाय गर्दा विश्वमा गरिएका नवीन प्रयोगहरुलाई समेत देशमा भित्र्याउन सके यसले बदलिँदो परिवेश अनुसार व्यवसाय गर्ने अनुकूल वातावरण पनि सिर्जना गर्नेछ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News