Monday, 20th May, 2019

चक्रपथमा सुविधायुक्त विद्युतीय गाडी चल्ने

काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ विद्युतीय गाडी चल्ने भएको छ । सुन्दर यातायात प्रालिले यही वैशाख भित्रै चक्रपथमा विद्युतीय गाडी संचालनमा ल्याउने तयारी थालेको जनाएको छ । नीतिगत अस्पस्टताको कारण ३ महिना देखि थन्किएको २ वटा विद्युतीय गाडी संचालन अन्तिम चरणमा पु्गेको प्रालिले जनाएको छ ।

हाल २ वटा मात्र गाडी रहेपनि गाडी संचालन गर्ने इजाजत पाएपछि थप ११ वटा गाडी ल्याउने जानकारी दिइएको छ । सुरुवाती चरणमा चक्रपथमा संचालन गरिने यी सवारी पछी अन्य शाखा बाटोमा पनि संचालन गरिने कम्पनीले जनाएको छ। प्रालिले चक्रपथ भित्र जहाँबाट जहाँ पुगेपनि २० रुपैयाँ मात्र भाडा लिने र विद्यार्थीलाई ५ रुपैया छुट दिने योजना बनाएको छ।

भाडाको लागि कम्पनीले नगद, सुन्दर यातायात पब्लिक रिचार्ज कार्ड, एटिएम र प्रभु पे बाट तिर्न सकिने कम्पनीको भनाइ छ । गाडीमा उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर, ६ वटा सिसि क्यामरा, जिपिएस, एसी लगाएतको सुविधा छ भने गाडी कतैपनि रोकिएर यात्रु नपर्खने र अशक्तलाई निशुल्क यात्रा गराउने कम्पनीले जनाएको छ । कम्पनीले २ करोड ५० लाख खर्चेर ७ वटा चार्जिङ स्टेसन भित्राईसकेको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News