Sunday, 21st July, 2019

मोटरसाइकलमा पनि ‘जिपिएस’ लागू हुने

काठमाडौं । यातायात व्यवस्था विभागले गाडीसँगै मोटरसाइकलमा पनि जिपिएस(ग्लोबल पोजिसनिङ सिस्टम) राख्ने तयारी थालेको छ । विभागले विश्व बैंकको सहयोगमा नेपालका सम्पूर्ण सवारी साधनमा जिपिएस लागू गर्न लागेको हो ।

सुरूमा चारपांग्रे सवारीमा मात्र लागू गर्ने भनिएको जिपिएस दुई पांग्रेमा पनि उत्तिकै महत्वपूर्ण भएकोले काम अगाडि बढाइएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

‘यो आर्थिक वर्ष भित्रै योजनाको ‘कन्सेप्ट पेपर’ तयार गरेर विश्व बैंकसँग सहकार्य गर्ने तयारी सुरू गरेका छौं,’ उनले भने ‘योजना सफल भए आगामी अर्थिक वर्ष भित्रै काम सम्पन्न हुन्छ ।’

जिपिएस ट्रयाकिङका लागि सबैभन्दा पहिले गाडीको संख्या, सडक, रूट र सवारीका प्रकार छुट्याउनु पर्नेछ । प्रणाली लागू भएपछि कुन रूटमा कति गाडी गुडीरहेका छन्, कुन गाडी कहाँ छ, गाडी कहाँ दुर्घटना भयो जस्ता जानकारी कन्ट्रोल रूममै बसेर थाहा पाउन सकिने छ । जिपिएसको लागि सवारी धनीले २ देखि ३ हजार खर्च गर्नु पर्ने दाहालले जानकारी दिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News