Wednesday, 13th November, 2019

साझा यातायातले विद्युतीय बस सञ्चालन गर्ने

काठमाडौं  साझा यातायातले उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । साझाले प्रदेश-३ सरकार, काठमाडौं र ललितपुर महानगरपालिकासँग सहकार्य गरेर विद्युतीय बस सञ्चालनको तयारी गरेको हो । ४५ करोड रुपैयाँ लागतका विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने तयारी भइरहेको साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले बताए ।

उनका अनुसार विद्युतीय बस खरिद गर्न साझा यातायात, प्रदेश सरकार, काठमाडौं र ललितपुर महानगरबीच सम्झौता भएको छ । सम्झौता अनुसार प्रदेश सरकार, दुई महानगर र साझाको संयुक्त लगानीमा विद्युती बस खरिद गरिने पाण्डेले बताए । साझाले बस सञ्चालन गरे पनि लगानी अनुसारको सेयर स्वामित्व  प्रदेश सरकार र महानगरहरूले  पाउने छन् ।

विद्युतीय बस खरिद गर्न प्रदेश सरकारले ३० करोड रुपैयाँ लगानी गर्दैछ । काठमाडौं महानगर पनि १० करोड रुपैयाँ लगानी गर्न सहमत भएकाे छ । ललितपुर महानगर र साझा यातायातले साढे २ करोड रुपैयाँका दरले ५ करोड रुपैयाँ लगानी गर्ने पाण्डेले बताए ।

‘विश्वभर नै पेट्रोलियम गाडी प्रतिस्थापन गर्ने नीति लिइएकाले नेपालमा पनि सरकारी तहबाटै यसको सुरुवात हुँदैछ,’उनले भने, ‘बढ्दो प्रदुषण कम गर्न, पेट्रोलियम आयात घटाउन सार्वजनिक यातायातलाई विद्युतीयमा रुपान्तरण गर्न आवश्यक भइसकेको छ ।’

सम्झौतापछि ४५ करोड रुपैयाँ लागतमा कति संख्यामा विद्युतीय बस खरिद गर्न सकिन्छ भन्नेबारे प्राविधिक अध्ययन भइरहेको उनले जानकारी दिए ।  ‘लगानी अनुसार कुन आकारका कति बस खरिद गर्न सम्भव हुन्छ,’ उनले भने, ‘अध्ययनपछि नै संख्या निर्धारण हुन्छ ।’

साझाले सञ्चालन गर्ने विद्युती बस नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने चार्जिङ स्टेसनमा चार्ज गरिने पनि उनले बताए । प्राधिकरणले १० स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । देशभित्र उत्पादन हुने ऊर्जाको खपत बढाउन तथा पेट्रोलियम आयात प्रतिस्थापन गर्नसमेत सार्वजनिक यातायातलाई विद्युतीय बनाउन आवश्यक रहेको भन्दै स्थानीय तह र प्रदेश सरकारले चासो देखाएका हुन् ।

सन् २०३० भित्र ५० प्रतिशत सवारी साधनलाई विद्युतीय बनाउने सरकारकाे लक्ष्य छ । लक्ष्य अनुसार अबकाे ११ वर्षमा देशभर गुड्ने १७ लाख सवारीलाई विद्युतीयमा रूपान्तरण गरिनेछ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार पनि शेयर बजारमा गिरावट...


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको...


काठमाडौं । कम्पनीहरुले निश्काशन गर्ने प्राथमिक शेयर अर्थात आईपीओ...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ८१ वटा कम्पनीको शेयर कारोबारमा रोक्का...


काठमाडौँ । थोरै कित्ता शेयर प्राथमिक निश्काशन अर्थात आईपीओको रुपमा...


More News