सरकारको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडाैं । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत निवर्तमान सांसदहरूलाई झन्डै १० अर्ब रुपैयाँ खर्च गर्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।कैलाली– २ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद झपट रावलले निवर्तमान भइसकेका सांसदलाई उक्त बजेट खर्च गर्न दिन नहुने भन्दै मुद्दा दायर गरेका हुन् ।

सरकारले यसअघि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद् विकास कोषमार्पmत निवर्तमान सांसदले रकम खर्च गर्न पाउने निर्णय गरेको थियो । उनले दायर गरेको मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र कानुन मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

नयाँ जनप्रतिनिधि आइसकेको अवस्थामा निवर्तमान सांसदलाई यो अधिकार दिन नहुने रावलको तर्क छ । मुद्दा दायरपछि उनले भने, ‘पूर्वसांसदलाई नै अझै खर्च गर्न दिने हो भने हामी निर्वाचित सांसदको के काम ?’ उनले निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रकम नवनिर्वाचित सांसदले आफ्नो क्षेत्रमा विकास निर्माणका लागि खर्च गर्न पाउनुपर्ने माग गरेका छन् । - नयाँ पत्रिका


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs