दुई मित्तेरी पुल निर्माण गरिदिने चिनियाँ सरकारको प्रस्ताव स्वीकृत

काठमाडौँ । सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले रसुवाढी र तातोपानी नाकामा अवस्थित दुई मित्तेरी पुल निर्माण गरिदिने चिनियाँ सरकारको प्रस्ताव नेपाल  सरकारले स्वीकार गरेको जानकारी दिनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले रसुवागढी–ज्याङ्बु जोड्ने पुल तथा तातोपानी–खासा जोड्ने पुल बनाइदिने चिनियाँ प्रस्ताव अनुमोदन गरेको हो। 
 
रसुवागढी नाकामा एउटै खाेलामा हालिएकाे नाकाकाे मितेरी पुल चीन र नेपाली पक्षमा फरक-फरक किसिमको छ। चिनियाँ पक्षतर्फ पुल पक्की छ। नेपाली भूभागतर्फ फलामे बेलिब्रिजशैलीमा निर्माण गरिएको छ । यही पुल पनि २०७२ वैशाख १२ गतेकाे भूकम्पले क्षति पुर्याएकाे अवस्थामा छ। चीनको सहयोग प्रस्ताव अनुमोदन भएसँगै यो पुल अब पक्की हुने निश्चित भएको छ।
 
चीनले सन् २०१२ मा रसुवागढी–केरुङलाई अन्तर्राष्ट्रिय नाकाको मान्यता प्रदान गरेको थियो। भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि नेपाल-चीन व्यापार यही नाकामा सीमित भइरहेकाे छ। २०७२ असोज ३ गते संविधान सभाले संविधान जारी गरेको भन्दै भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो। भारतले नाकाबन्दी सुरू गर्दा भूकम्पका कारण रसुवागढी नाका बन्द भएकाे ५ महिना भएकाे थियाे।
 
नाकाबन्दीका कारण रसुवागढी नाका खाेल्न नेपाल र चीन दुवै देशले तदारुकता देखाएका थिए। त्यतिबेला नाका सञ्चालनमा ल्याउन काम चलाउ पुल मर्मत गरिएकाे भनिए पनि त्यसयता पुल निर्माणका लागि सरकारले अग्रसरता देखाएकाे थिएन। अर्काेतर्फ चीन सरकार तातोपानी नाका सञ्चालनमा ल्याउन तयार भएसँगै मितेरी पुलदेखि ७ किलोमिटर वर लार्चामा सुक्खा बन्दरगाह निर्माण कार्य भइरहेको छ।
 
सो सुक्खा बन्दरगाह निर्माणमा चीनकै सहयोग छ। पुन:निर्माणकाे उक्त परियोजनाको कूल लागत करिब २ अर्ब ३५ करोड अर्थात् १४ करोड ७० लाख युआन छ। भूकम्पले क्षति पुर्याएकाे मितेरी पुल निर्माणकाे चिनियाँ प्रस्ताव नेपाल सरकारले स्वीकृत गरेसँगै यो नाका निकट भविष्यमै सञ्चालनमा आउने देखिएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs