एनजिओ तथा आइएनजिओका पदाधिकारीको सम्पत्ति विवरण माग

काठमाडौं। गृहमन्त्रालयले एनजिओ तथा आइएनजिओका पदाधिकारीहरुको सम्पत्ति विवरण माग गरेको छ । गृह मन्त्रालयमा  ७७ वटै जिल्लामा पत्राचार गर्दै पदाधिकारीको सम्पत्ति विवरण शिलबन्दी गरेर पठाउन निर्देशन दिएको हो।

एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निष्कर्षसहित नियमनलाई तीव्रता दिने निर्णय गृहमन्त्री रामबहादुर थापाले गरेका हुन् । हालको नियमनमा कमजोरी रहेको भन्दै अब जिल्ला प्रशासन कार्यालयलेसमेत नियमन गरी रिपोर्ट पठाउनुपर्ने गृहमन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ।

त्यसको कार्यान्वयनका लागि आज पत्राचार गरेको हो। पछिल्लो तीन वर्षदेखि दर्ता नविकरण नभएका एनजिओ र आइएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधिमा दर्ता नभए स्वत: खारेज गर्ने समेत गृहको तयारी छ। हाल ४७ हजार एनजिओ र दुई सय बढी आइएनजिओ दर्ता भए पनि धेरैजसो निष्कृय छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs