राजविराज विमानस्थलमा नियमित उडान सुरु

राजविराज । राजविराज विमानस्थलवाट नियमित उडान सुरु भएको छ । श्री एयरलाइन्सको ५० सिटको जेट इन्जिनयुक्त सिआर २०० को जहाजले आइतबारबाट नियमित उडान सुरु गरेको हो । चालक दलका ४ सदस्यसहित ५० जना यात्रु लिएर ३ बजेर २० मिनेटमा श्री एयरलाइन्स राजविराज विमानस्थलमा अवतरण गरेको थियो ।

यस्तै, राजविराजबाट २० यात्रु सवार विमान ३ बजेर ५ मिनेटमा काठमाडौंका लागि उडेको थियो । विमानका पाइलट क्याप्टेन राजेश श्रेष्ठले जहाजका लागि विमानस्थल सहज भएको बताए। उनले विमानस्थलको धावनमार्गको लम्बाइ थप २/३ सय मिटर बढाउन सके अझै सहज हुने सुझाव पनि दिए । 

पहिलो उडानबाट राजविराज आएका चालक दलका सदस्य र यात्रुलाई सप्तरी उद्योग वाणिज्य संघका पदाधिकारी तथा राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झा, विमानस्थलका लागि जग्गादाता परिवारका महामाया सिंह लगायतले फूलमाला र दोसल्लासहित स्वागत गरेका थिए।

नियमित उडान हेर्न विमानस्थलमा सर्वसाधारणको भीड लागेको थियो। विमान सेवा सञ्चालनमा आएपछि सप्तरीसहित सिरहा, सुनसरी उदयपुर तथा सीमावर्ती भारतसम्मका यात्रु लाभान्वित हुने भएका छन्।

राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख ज्योतिप्रकाश साहका अनुसार, नियमित उडानका लागि श्री एयरलाइन्ससँग सम्झौता भएको र सो कम्पनीले शनिबार र मंगलबार बाहेक साताको ५ दिन उडान गर्ने बताए।

राजविराज–काठमाडौं र काठमाडौं–राजविराज रुटमा सञ्चालन हुने सेवाका लागि न्यूनतम ३ हजार ५ सय र अधिकतम ६ हजार २ सय तोकिएको छ। काठमाण्डौवाट राजविराजका लागि १ः१५ र राजविराजबाट काठमाडौंका लागि २ः१० बजेको उडान समय निर्धारण गरिएको छ।

२०१६ सालमा तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले उद्घाटन गरेको विमानस्थल कच्ची धावन मार्गका कारण पटकपटक सञ्चालन तथा बन्द हुँदै आएको थियो। एक महिनाअघि विमानस्थलमा १ हजार ५ सय मिटर लामो र ३० मिटर चौडाइ पक्की धावनमार्ग निर्माण गरिएको थियो।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs