Thursday, 23rd May, 2019

पर्वतको लुरिङ डाँडामा प्याराग्लाइडिङको परीक्षण

पोखरा । पर्वतको विहादी गाउँपालिका वडा नं.४ को लुरिङ डाँडामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । विहादी गाँउपालिका उरामको गेप्ताङ सामुदायिक होमस्टेले आयोजना गरेको गाउँ पर्यटन प्रवर्द्धन कार्यक्रमको अवसरमा प्याराग्लाइडिङको उडान परीक्षण सफल भएको हो ।

पोखराको सराङकोटमा प्याराग्लाइडिङ चलाउँदै आएका विवेक राना र गोले लामाको नेतृत्वमा विपिन परियार, रमेश नेपाली, विक्रम नेपाली र शत्या राईले विहादी गाउँपालिकाको आकाशमा प्याराग्लाइडिङ उडाएका हुन् ।

परीक्षण उडानपछि विपिन परीयारले लुरिङ र देउराली डाँडा प्याराग्लाइडिङ उडानका लागि र रानीपानीमा रहेको इमीचौर अवतरणका लागि उत्तम स्थान रहेको बताए । यस ठाउँमा धेरै सम्भावना रहेको बताउँदै भौगोलिक अवस्था, उचाई, हावाको गतिलगायतको सहजताका कारण आफूलाई उडान सहज बनेको उनले बताए ।

प्यारागलाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै बिहादीलाई समृद्धिको पथमा हिँडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले बताए । उनले यस स्थानको थप भौगोलिक अध्ययन र पूर्वाधार विकास गरी आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी प्याराग्लाइडिङ नियमित सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

सफल उडानअघि धावन मार्ग र अवतरण स्थलको बारेमा सम्भाव्यता अध्ययन गरिएको थियो । विहादीको आकाशमा एकैसाथ ४ वटा प्याराग्लाइडिङ उडेपछि स्थानीयवासीमा खुशीयाली छाएको विश्व न्यौपानेले बताए । चालकले आधा घण्टाभन्दा बढी समयसम्म उडान गरेपछि उडान आँपालयमा अवतरण गराएका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । जलविद्युत कम्पनीहरुले सार्वजनिक सेयर (आइपीओ) निष्कासन...


काठमाडौं । शेयर बजार घटेर ब्रोकर कार्यालय जान छाडेका लगानीकर्ता ब्रोकर...


काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


More News