Monday, 20th May, 2019

पर्यटकीय होटलका भान्सा गुणस्तरहीन

चितवन । जिल्लाका ‘राम्रा’ भनिएका पर्यटकीय होटलमा गुणस्तरहीन सामान प्रयोग भएको र भान्सा फोहर रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमन गर्दा होटलले ती मापदण्ड पूरा नगरेको पाइएको हो।

जिल्लामा विशिष्ट व्यक्ति र विदेशी पर्यटकसमेत आउँदा बसोबास र खानपान गर्ने ती होटलले मिति सकिएका खानेकुरा प्रयोग गरेको, भान्साको सरसफाइमा ध्यान नदिएको, पकाएर राखिएका सामान सुरक्षित नरहेको डिभिजन कार्यालयका खाद्य निरीक्षक प्रदीप काफ्लेले बताए। उनका अनुसार भरतपुर गार्डेन रिसोर्ट, होटल रोयल सेञ्चुरी, आइल्याण्ड जङ्गल रिसोर्टलगायतका होटल अनुगमन गर्दा मापदण्ड पूरा नगरी भान्साघर सञ्चालन गरेको पाइएको छ।

अनुगमनका क्रममा भरतपुर गार्डेन रिसोर्टको बेकरी उत्पादन कक्षमा राखिएका केकमा प्रयोग गरिने करीब १२ प्रकारका मिति सकिएका फ्लेबर पाइएपछि बेकरी नै बन्द गरिएको छ। दुई÷तीन वर्ष अगाडि नै मिति सकिएका फ्लेबर राखेको पाइएपछि तत्काल बेकरीजन्य पदार्थको उत्पादनमा रोक लगाइएको काफ्लेले बताए। बेकरी कक्षमा फोहर व्यवस्थापन र सरसफाइमा पनि लापर्वाही गरेको उनले जानकारी दिए।

त्यस्तै लेबल नभएका घ्यु प्रयोग गरेको, भान्सा घरभित्र डस्टबिन खुला छाडिएको, फोहर भाँडा र ताजा तरकारी एकै ठाउँमा राखेको र खानेकुरा चिसो पारेर राख्ने कोठा (चिलिङ रूम)मा पकाइएका खानेकुरा नछोपी राखेको पाइएको छ।

आइल्याण्ड जङ्गल रिसोर्टमा फोहर व्यवस्थापनमा व्यापक लापर्वाही गरेको पाइएको छ। फ्रिजमा लामो समयदेखि दुर्गन्धित हुने गरी राखिएको मासुजन्य पदार्थ, मःम र फ्रेञ्च फ्राई नष्ट गरिएको छ। आइल्याण्डले फोहर व्यवस्थापनमा आधारभूत आवश्यकता पनि पूरा नगरेको पाइएको काफ्लेले बताए। बाहिरी फोहरबाट प्रत्यक्ष सम्पर्कमा रहने गरी भान्साघर खुला राखिएकाले तत्काल सुधार गर्न निर्देशन दिइएको छ।

सेञ्चुरीमा भान्सामा फोहर, फ्रिजमा लामो समयदेखिको मासुजन्य पदार्थ रहेको पाइएको छ। उक्त होटललाई पनि तत्काल सुधार गर्न निर्देशन दिइएको छ। पर्यटकीय होटलमा भएका लापर्वाहीले यहाँको पर्यटन क्षेत्रमा नै नकारात्मक असर पार्ने व्यवसायीले बताएका छन्।

सौराहासहित जिल्लामा पर्यटकीय स्तरका होटलका ११० भन्दा बढी होटल छन्। जिल्लामा दुई लाख हाराहारी स्वदेशी विदेशी पर्यटक घुम्नका लागि आउँछन्। पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा सौराहासहित चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने गरेको छ। काठमाडौं, पोखरापछि चितवन देशकै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य हो।

भ्रमणका लागि जिल्लाको मूख्य आकर्षणको रुपमा भने निकुञ्ज क्षेत्र रहेको छ। क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले यस्ता कार्यले पर्यटन क्षेत्रमा विश्वसनीयता घट्ने बताए। उनले होटलमा दक्ष जनशक्ति राखेर चुस्तदुरुस्त सेवा दिनुपर्ने बताए। रासस


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News