Wednesday, 20th March, 2019

ढोरपाटनमा शिकारको दोस्रो याम शुरु

बलेवा  बागलुङमा रहेको नेपालकै एक मात्र शिकार आरक्षमा यो वर्षको दोस्रो यामका लागि शिकारको समय शुरु भएको छ । यो वर्षको दोस्रो यामका लागि १० वटा नाउर र चार वटा झारल शिकार गरिने ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ । ढोरपाटन साहसिक शिकार गर्ने थलोका रुपमा चिनिन्छ ।

यहाँ विभिन्न देशका शिकारीले आफ्नो सोख पूरा गर्न शिकारका लागि आउने गर्छन् । त्यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले खुलाएको बोलपत्रमा प्रतिष्पर्धा गर्नुपर्छ र बोलपत्र हात पारेकाले मात्रै यहाँ आएर शिकार गर्नपाउने व्यवस्था रहेको छ । गत महीना खुलाएको प्रतिष्पर्धाको क्रममा सबैभन्दा धेरै बोलकबोल मूल्यबाट विभिन्न कम्पनीका शिकारीले अनुमति पाएका छन् । 

यो यामका लागि नाउरको प्रतिशिकार रु १३ लाख ५१ हजार र झारलको रु १३ लाख ५० हजार बुझाउने भएको विभागले जनाएको छ । शिकारी हेलिकप्टर लिएर काठमाडौँदेखि सिधै ढोरपाटन शिकार आरक्ष पुग्ने गरेका छन् । उनीहरुले ढोरपाटनमा झण्डै तीन सातासम्म बसेर शिकार गर्न पाउने व्यवस्था रहेको शिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ । 

दोस्रो यामका लागि हिमालयन आउटफिटर, ट्रयाक एण्ड ट्रेल्स र नेपाल वाइल्ड लाइफ समारिजले बोलपत्र पारेका हुन् उनीहरुले दुई दुई नाउर र एकएक झारल शिकार गर्नेछन् ।नेपाल वाइल्ड लाइफ एडभेञ्चरले एक नाउर र एक झारल तथा हिमालयन सफारिजले दुई नाउर र ग्लोबल सफारिज नेपालले एक नाउर शिकार गर्न पाउने विभागले जानकारी दिएको छ । 

यो यामका लागि ६ वटा क्षेत्र तोकिएको विभागका शिकार व्यवस्थापन प्रमुख श्यामकुमार शाहले बताए । हरेक वर्ष कात्तिक महीनामा पहिलो याम र चैतमा दोस्रो यामका लागि विभागले बोलपत्रमार्फत शिकार खुलाउँछ । रासस


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News