Thursday, 18th April, 2019

हिमाल आरोहणका लागि ६१६ जनाले पाए अनुमति

सोलुखुम्बु । देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डले जनाएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपालीसहित ३०० ले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार बुधबारसम्म ३० समूहका ३०० जनाले सगरमाथा आरोहण अनुमति लिएका हुन् ।

आरोहण अनुमति लिनेमा नेपालसहित ४२ राष्ट्रका २५१ पुरुष र ४९ महिला रहेका छन् । सोमा नेपाली महिला छ र पुरुष छ जना छन् । सगरमाथाको शिखर जानेमा सबैभन्दा धेरै भारतका ५८ पुरुष र नौ महिला गरी ६७ पर्वतारोही रहेका पर्यटन बोर्डका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।

उनका अनुसार अमेरिकाका ५९ पुरुष र चार महिलासहित ६३, चीनका ३० पुरुष र १० महिलासहित ४० र बेलायतका ३६ पुरुष र तीन महिलासहित ३९ जना पर्वतारोहीले सगरमाथा चढ्ने अनुमति पाएका छन् ।

नर्वेका चार पुरुष र तीन महिलासहित सात, जापानका चार पुरुष र दुई महिलासहित छ, हङकङ र अर्जेन्टिनाका चार–चार जना पुरुषसहितले सगरमाथा आरोहणका लागि अनुमति पाएका छन् । विभिन्न कीर्तिमानी कायम गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्ने गरिएको छ ।

यस्तै आठ हजार ५१६ मिटर उचाइको लोत्सेका लागि सात समूहका ६६, छ हजार ८१४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि चार समूहका ४१, सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि दुई समूहका २७ र आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल आरोहणका लागि तीन समूहका २३ आरोहीले अनुमति पाएका पर्यटन बोर्डले जनाएको छ ।

यस्तै आठ हजार ४६३ मिटर उचाइको मकालु हिमाल आरोहणका लागि चार समूहका ५३ ले अनुमति लिएका नायब सुब्बा निरौलाले जानकारी दिए ।

करिब रु ४० करोड राजश्व सङ्कलन

सगरमाथासहित देशका २० हिमाल आरोहण गर्ने आरोहीबाट बुधबारसम्म रु ३९ करोड १५ लाख ४४ हजार १४५ राजश्व सङ्कलन गरिएको छ । सबैभन्दा धेरै सगरमाथा आरोहीबाट रु ३४ करोड ८३ लाख ७२ हजार २१२ सलामी दस्तुर सङ्कलन भएको विभागले जनाएको छ ।

सगरमाथा आरोहण गर्न अनुमति लिएका विदेशी आरोहीबाट प्रतिआरोही ११ हजार डलरका दरले रु ३४ करोड ७४ लाख ७२ हजार २१२ राजश्व सङ्कलन भएको छ । त्यस्तै नेपाली आरोहीबाट रु ७५ हजारका दरले रु नौ लाख राजश्व सङ्कलन भएको पर्यटन विभागका नायब सुब्बा निरौलाले जानकारी दिए ।

बोर्डको तथ्याङ्कअनुसार देशका विभिन्न हिमाल आरोहरणका लागि अनुमति लिएका आरोहीबाट जम्मा रु ३९ करोड १५ लाख ४४ हजार १४५ रोयल्टी जम्मा भएको छ । नेपालका विभिन्न क्षेत्रमा रहेका २० हिमाल आरोण गर्ने ७० समूहका ६१६ आरोहीबाट उक्त राजश्व सङ्कलन भएको हो । रासस


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News