Monday, 17th June, 2019

अहिलेसम्मकै बढी आरोही सगरमाथा शिखरमा

काठमाडौं  सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् ।  पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । 

विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए । जसमा शेर्पा आरोहीसहित ७२१ ले सगरमाथा आरोहण गरेको विभागले जनाएको छ । 

यस्तै सन् २०१७ मा ४३ आरोही समूहका ३६६ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यसअघि सन् २०१३ मा करीब पाँच सय र सन् २०१६ मा ४५१ जनाले सगरमाथा आरोहण गरेका थिए । सन् २०१४ मा हुदहुद आँधी र सन् २०१५ मा भूकम्पका कारण सगरमाथा आरोहण रोकिएको थियो ।

सगरमाथा आरोहण इतिहासमा यस पटक सबैभन्दा बढी आरोही सगरमाथा आरोहणमा गएका र हालसम्म ३५० भन्दा बढीले चुचुरो चुमेको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

आज बिहान मात्रै ५० आरोहीले सगरमाथा आरोहण गरेको उनले बताइन्। सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन् ।

यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत बैसाख ३१ गते सुरु भएको थियो।

तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन ८ हजार ८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेकेका थिए। त्यसयता ६६ वर्षको अवधिमा ८ हजारभन्दा बढी पर्वतारोही शिखरमा पुगिसकेका छन्।

आरोहणकै क्रममा अहिलेसम्म करिब २९० आरोहीले ज्यान गुमाएको तथ्यांक छ। आरोहण शृङ्खलामा नयाँ नयाँ कीर्तिमान पनि कायम भएका छन्। रासस


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News