Monday, 17th June, 2019

पर्यटन सम्बन्धी अधिकांश योजना कागजमा अलपत्र

पोखरा  नेपाल भ्रमण वर्ष सन् २०२० को संघारमा गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटकलाई बढावा दिने योजनासहित अघि सारेको १५ लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गर्‍यो । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत २० लाख पर्यटक भित्र्याउने उद्घोष समेत पोखराबाटै भयो । 

गण्डकी प्रदेश सरकारले समृद्धिको ७ आधारमध्ये पर्यटनलाई पहिलो प्रमुख आधार बनाएको छ । पर्यटनलाई उच्च प्राथमिकता दिइ दीगो कृषि अर्थतन्त्रलाई उकास्नु प्रदेश सरकारको योजना हो । चालु आर्थिक वर्ष २०७५–०७६ मा पर्यटन मन्त्रालय अन्तर्गतका शीर्षकमा ५४ करोड ५५ लाख रुपैयाँ बजेट समेत छ ।

त्यसमध्येमा प्रत्यक्ष महसुस हुनेगरि प्रदेशका ३ सय होमस्टेलाई ३० करोड रुपैयाँ अनुदान समेत वितरण भइरहेको छ । ग्रामीण पर्यटनलाई महत्व दिने योजना बुनेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आगामी आर्थिक वर्षलाई समेत योजना बनाइरहेको बताएको छ । तर, प्रदेश सरकाले पर्यटन प्रवर्द्धनका लागि बनाइएका अधिकांश कागजमै सिमिति हुने र प्रभावकारी कार्यान्वयन नहुँदा कतै सरकारकै योजना असफल हुने त होइन भन्ने आवाज सुनिन थालेका छन् ।

निजी क्षेत्रले धानिरहेको रहेको पर्यटन क्षेत्रको दीगो विकासका लागि आँगनकै सरकारले योजना बनाउँदा समेत समन्वय नगरेको पर्यटन व्यवसायीहरुले गुनासो पोख्न थालेका हुन् । कागजी योजनाले मात्रै पर्यटक भित्र्याउन नसकिने उनीहरुको तर्क छ ।

‘यावत् कारणले गर्दापनि प्रदेश सरकारसँग हामी सकारात्मक नै छौँ’ पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल भन्छन्, ‘सरकारले ल्याएको कार्यक्रम सफल बनाउन मूल कार्यान्वयन समिति गठन गर्नका लागि पटकपटक मन्त्रीलाई हामीले नै ताकेता गरिरहेका छौँ ।’

सरकारले ल्याउने कार्यक्रम क्यालेन्डर अनुसार नै अघि बढ्न संस्थागत रुपमै सहयोगी भूमिका खेलिरहेको अध्यक्ष पोखरेलले सुनाए । उनले भने, ‘एक त आन्तरिक पर्यटन भ्रमण वर्ष घोषणा गर्न नै ढिलो भयो । अर्को कसरी कहाँबाट सुरु गर्ने भन्ने मै मन्त्रालय अलमलमा छ ।’ आन्तरिक पर्यटनकै मोह बढाउन गण्डकी प्रदेश मन्त्रीपरिषद्को बैठक अप्रिल महिनामा गर्ने भनिएपनि पर्यटन मन्त्रालयले टुंगो लगाउन सकेन ।

स्थानीय तहसँगको समन्वय अभावकै कारण सांस्कृतिक एवं पर्यटन महोत्सव गर्ने कार्यक्रम रहेपनि त्यो पनि गर्न सकेन । सामाजिक संघसंस्थाले निरन्तर आयोजना गरि रहने मेलामहोत्सवलाई सहयोग गरे झैँ गरि टारेको जानकारहरुको भनाई छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News