Friday, 20th September, 2019

ठमेलमा महानगरीय पर्यटन सूचना केन्द्र स्थापना

काठमाडौं  काठमाडौंको पर्यटकीय स्थल ठमेल बजारमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी ईकाईको संयुक्त लगानीमा काठमाडौंको ठमेल बजारमा सो सूचना केन्द्र स्थापना गरिएको हो।

पर्यटकको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना गरिएको सो सेवा केन्द्रमा पर्यटकलाई सूचना दिने गरी हट लाइन सेवा र अनलाइन सेवाको पनि बुधबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन सेवालाई यी प्रविधिले सहज बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रविधिको प्रयोगबाट बजारको सुरक्षा गर्न लागि आवश्यक सूचना केन्द्रहरुको स्थापना गर्ने कामलाई प्राथमिकता दिइएको बताए।

उनले समुदायलाई आफ्नो क्षेत्रको सुरक्षाका लागि आवश्यक सचेतना अपनाउन पनि आग्रह गरे। सूचना केन्द्रमा पर्यटकको लागि आवश्यक सूचना लिन निःशुल्क रुपमा ११४४ नम्बरको हटलाइन सेवा लिन सकिने व्यवस्था पनि गरिएको पर्यटन विभागले जनाएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News