Wednesday, 13th November, 2019

तेन्जिङ हिलारी लुक्ला एयरपोर्ट विस्तार गरिने

सोलुखुम्बु । खुम्बु पासँगल्यमु स्थित लुक्ला विमानस्थल (तेञ्जिङ हिलारी विमानस्थल) विस्तार गरिने भएको छ । विश्वकै खतरापूर्णमध्येको एकमा पर्ने विमानस्थलको दक्षिणी भागतर्फ ५० देखि ६० मिटरसम्म विस्तार गरिने भएको हो ।

जहाज अवतरणको क्रममा केही तल ठोकिएर दुर्घटना हुनथलेपछी त्यस क्षेत्रमा थप धावनमार्ग विस्तारको तयारी थालिएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पाले बताए । उक्त दुर्घटनाको छानविन समितिको सुझाप अनुसार धावनमार्ग विस्तार गर्न उपयुक्त हुने भएकोले प्रदेश १ का मुख्यमन्त्री, सोलुखुम्बुका संसद र स्थानीय सरकारले अनुगमन गरी विस्तार गर्न लागिएको अध्यक्ष शेर्पाले बताए ।

विमानस्थलको प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रतिनिधिसभा संसद योगेश भट्टराई, गाउँपालिका प्रमुख निम्दोर्जी शेर्पा, नागरिक उडड्यन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीसहितको टोलीले स्थलगत अनुगमन गरेका थिए । अवलोकन पछि विस्तार गर्न मिल्ने क्षेत्रमा तत्काल बिस्तारका लागि पहल थाल्ने मुख्यमन्त्री राईले बताए । हाल ३० मिटर चौडाइ र ५ सय २७ मिटर लम्वाई रहेको विमानस्थल थप धावनमार्ग विस्तारपछि जहाज अवतरण र उडानमा सहज हुने राईले बताए ।

२ हजार ८ सय ४५ मिटर उचाइमा रहेको विमानस्थलमा चाँडै मौसम बदली हुने भएकाले दुर्घटना पनि बढी हुने गरेको छ। यस विमानस्थलमा पहिलोपटक सन् १९७३ अक्टुवर १५ मा तत्कालिन शाही नेपाल वायु सेवा निगमको जहाज दुर्घटना भएको थियो। पछिल्लोपटक सन् २०१९ अप्रिल १४ मा समिट एयरको जहाज दुर्घटना भएपछि यस विमानस्थलमा भएको दुर्घटना संख्या ११ पुगेको छ।

प्राधिकरणले १२ रोपनी जग्गामा १० वटा हेलिकप्टर अवतरण हुने गरी नयाँ हेलिप्याड निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । सन् १९६४ मा निर्माण भएको लुक्ला विमानस्थललाई सन् २००८ मा तेञ्जिङ हिलारी लुक्ला विमानस्थल भनेर नामाकरण गरिएको हो ।

यो विमानस्थल नेपालकै व्यस्त मध्येको एक रहेको प्राधिकरणले जनाएको छ । लुक्लामा सन् २०१७ मा १ लाख ४६ हजार ८ सय ७९ र २०१८ मा १ लाख २४ हजार ९ सय २९ यात्रु अवतरण भएका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार पनि शेयर बजारमा गिरावट...


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको...


काठमाडौं । कम्पनीहरुले निश्काशन गर्ने प्राथमिक शेयर अर्थात आईपीओ...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ८१ वटा कम्पनीको शेयर कारोबारमा रोक्का...


काठमाडौँ । थोरै कित्ता शेयर प्राथमिक निश्काशन अर्थात आईपीओको रुपमा...


More News