Tuesday, 21st January, 2020

हिमालय एयरलाइन्सको बेइजिङमा सिधा उडान

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा आफ्नो पहिलो उडान भरेको छ। नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाईन्सले लामो समयको प्रयासपछि नवनिर्मित डाक्सिन इनटरनेशनल विमानस्थलमा उडान भरेको हो। 

हिमालयन एयरलाइन्सको बेजिङ उडान शुभारम्भ संकृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले गरेका छन्। उनले हिमालय एयरलाइन्सलाई शुभकामना दिदै चिनियाँ पर्यटकहलाई नेपाल आगमनमा सहज हुनुका साथै नेपाल भ्रमण बर्ष २०२० लाई थप टेवा पुग्ने बताएका छन्।

हिमालय एयरलाइन्सले चीन उडानको नयाँ तालिका सार्वजनिक गरेको छ। कम्पनीले सातामा एउटा चीन उडान भर्ने छ। एयरलाइन्स्ले बेइजिङका लागि कात्तिक १० गते आफ्नो पहिलो उडान सार्वजनिक गरेको छ। उडान सुरुवातसँगै दुई देशका दुई राजधानीबीच ऐतिहासिक सिधा सञ्जाल स्थापना भएको विज्ञप्तिमा उल्लेख छ ।

सिधा उडानले पर्यटक संख्या र यसबाट हुने आम्दानी मात्र नबढाएर दुई देशबीचको महत्वपूर्ण व्यापार सम्झौताहरुलाई पनि प्रवद्र्धन गर्ने बताइएको छ।

-याडिसन एयरपोर्ट रेस्टुरेन्टमा आयोजित पूर्व–उडान उद्घाटन उडानको केक काट्ने कार्यक्रममा संस्कृति, पर्यटन तथा उडड्यन मन्त्री योगेश भट्टराई, चिनियाँ राजदूत मतीहोउ याङ ची र सचिव केदार बाहादुर अधिकारी लगायत क्यान, पर्यटन बोर्ड, त्रिभुवन विमानस्थल कार्यालयका उच्चअधिकारीहरुको उपस्थिति थियो। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । बुधबार शेयर बजारमा क्रेताको चाप रहेको छ । सर्वाधिक बृद्धि...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने...


काठमाडौं । गत बुधबारदेखि निरन्तर बढेको शेयर बजारमा मंगलबार ब्रेक लागेको...


More News