June 23, 2017, 9:18 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

ब्वार्इ फ्रेन्डले धोका दिएपछि‍‍‍ बदला !

आफूलार्इ धोका दिने ब्वाइ फ्रेन्डलार्इ ठेगान लाउन एक जापानी महिलाले अनौठो उपाय अपनाएकी छन् ।
 
आफूलार्इ रुवाउने ब्वाइफ्रेन्डसँग बदला लिन ती जापानी महिलाले ब्वाइ फ्रेन्डले प्रयोग गर्ने एप्पलको आइप्याडदेखि आर्इफोनसम्मलार्इ पानीमा हालिदिइन् ।

ती महिलाले ब्वाइ फ्रेन्डका म्याक, आईफोन, आईप्याड र अन्य एप्पल प्रोडक्टलार्इ बाथटबमा डुबाइदिएकी हुन् ।

बाथटबमा डुबाइदिएपछि उनले फोटो खिचेर ट्वीटरमा पोस्ट् गरिन्  । 'उसलार्इ मैले अर्कैसँग चक्कर चलाउँदै गरेको अवस्थामा भेटें,'  उनले ट्वीटरमा लेखेकी छन्, 'मलार्इ धोका दिएर अर्कैसँग लागेका उसले प्रयोग गर्ने एप्पलका प्रोडक्ट पानीमा हालिदिएँ ।'
 
उनको फोटोसहितको ट्वीटलार्इ सयौं मानिसले रिट्वीट समेत गरेका छन् । -एजेन्सी
 
ती महिलाले आफूलार्इ धोका दिँदा जति पींडा भएको छ, त्यसैगरी उसका प्रिय सामान पानीमा हाल्दा उसलार्इ त्यस्तै दु:ख पींडा भएको देख्न चाहेको बताइन् । आफूले यति गरेपछि उसले नजर जुधाउनसमेत नसकेको उनको भनाइ थियो ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार