June 24, 2017, 4:06 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

सगरमाथा छेड्ने चीनको योजनाले भारतमा हाहाकार

काठमाडौं  उत्तरी छिमेकी चीनले सगरमाथा छेडेर सन् २०२० सम्ममा काठमाडौंमा रेल ल्याइपुर्याउने खबरले दक्षिणी छिमेकी भारतमा चर्चा पाएको छ ।

चीनले सर्वोच्च शिखर सगरमाथा हुँदै नेपालसम्म रेलवे निर्माण गर्ने प्रस्ताव गरेको खबर सार्वजनिक भएपछि भारतीय सञ्चारमाध्यमका लागि यो समाचार चासोको विषय बनेको हो ।  नेपालकै प्रस्ताव अनुसार चीनले सगरमाथामा सुरुङ बनाएर सन् २०२० सम्म नेपालमा रेल ल्याउने तयारी गरेको समाचार चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीले बुधबार छापेको थियो ।

भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाले चीनले नेपालमा ल्याउने भनिएको रेलवेबारेमा विस्तृत समाचार छापेको छ । उसले 'भारतका लागि खतराको घण्टी ? चीनको माउन्ट एभरेस्टबाट नेपालमा रेल सम्पर्क बनाउने योजना' शीर्षकको समाचारमा चीनको योजनाले भारतमा चुनौती दिएको जनाएको छ ।



उसले  चीनले ५४० किलोमिटर लामो रेल सञ्जाल नेपालसम्म विस्तार गर्नका लागि माउन्ट एभरेष्ट मुनिबाट सुरुङको निर्माण गर्न लागेको जनाएको छ । टाइम्स अफ इन्डियाले पछिल्लो अगस्टमा चीनले नेपाल नजिकैको तिब्बतको दोस्रो ठूलो सहर शिगात्सेसम्म ल्हास्साबाट २५३ किलोमिटर लामो रेल ट्रयाक निर्माण गरिसकेको जनाएको छ ।



यो परियोजना निर्माणका लागि  चीनका विदेशमन्त्री वाङ्ग यी गत डिसेम्बरमा काठमाडौं आएका बेला नेपालले प्रस्ताव गरेको दाबी टाइम्स अफ इन्डियाले गरेको छ । त्यसैगरी भारतको चर्चित टेलिभिजन आजतकको अनलाइन संस्करणले पनि चीन-नेपाल रेल परियोजनाको समाचारलार्इ विशेष प्राथमिकता दिएर छापेको छ ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार