चीनमा विश्वकै सबैभन्दा ठूलो विमानको सफल परिक्षण

वेइजिङ । चीनमा बनेको एजी ६०० विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ । यो उडान एक घण्टाको थियो । एजी ६०० विश्वकै सबैभन्दा ठूलो एम्फीबियस विमान हो । यो विमान जमिन मात्र नभएर पानीको सतहमा अवतरण गर्नका साथै उडान भर्न सक्छ ।

चीनको सरकारी एजेन्सी सिन्ह्वाले यो विमानलाई ‘समुद्र र द्वीपको रक्षक’ को उपमा दिएको छ । एजी ६०० को कूटनाम कुङ्गलोङ्ग हो । यो दक्षिणी चीन सागरमा चीनले दाबी गर्ने क्षेत्रको अन्तिम भागसम्म पुग्न सक्छ ।

यो विमानले दक्षिणी प्रान्त ग्वाङ्गडुङ्गको जुखाई विमानस्थलबाट पहिलो उडान भरेको थियो । यस विमानको आकार बोइङ ७३७ को बराबर छ । यसमा चार टर्बोप्रोप इन्जिन रहेको छ । यो विमानमा ५० यात्रु सवार हुन सक्छन् भने १२ घण्टासम्म लगातार उडान भर्न सक्छ ।

यस विमानलाई विकसित गर्न आठ वर्ष समय लागेको थियो । यसले  ५३.५ टन वजन बोक्न सक्छ । यसको पंखाको विस्तार ३८.८ मिटर रहेको छ । यसमा विमानलाई अग्नी नियन्त्रण, समुद्री बचाउको साथै सैन्य सेवामा पनि प्रयोग गर्न सकिनेछ । यसलाई दक्षिणी चीन सागरको विवादीत क्षेत्रमा प्रयोग गर्न सकिनेछ ।

विमानको उडानको सरकारी टिभीमा प्रत्यक्ष प्रशारण गरिएको थियो । विमानले अवतरण गर्दा सेनाको संगीतको बीच सर्वसाधारणले झण्डा हल्लाएर अभिवादन गरेका थिए । चीनले यस्ता १७ विमानको अर्डर दिएको छ । सिन्ह्वा


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs