दक्षिणको वार्ता प्रस्ताव उत्तर कोरियाद्वारा स्वीकार

सोल । उत्तर कोरियाले दक्षिणको वार्ता प्रस्ताव स्वीकार गरेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ। उक्त बैठक प्रायद्वीपलाई विभाजन गर्ने सैन्यमुक्त क्षेत्रस्थित संघर्ष विराम गाउँ पानमुनजोममा ९ तारिखमा हुनेछ।

एकीकरण मन्त्रालयका अधिकारीले भने, ‘उत्तर कोरियाले दक्षिण कोरियामा एउटा सन्देश फ्याक्स गरेको थियो। ’ प्योङचाङ ओलम्पिक र कोरियाली सम्बन्धबारे छलफल हुने मन्त्रालयका प्रवक्ता बाएक ताए हुआनले जानकारी दिए। उत्तर कोरियाले गत वर्ष परमाणु परीक्षण समेत क्षेप्यास्त्र परीक्षण गरेपछि तनाव बढ्दै गएको छ।

उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देशमा दक्षिणमा आयोजना हुने शीतकालीन ओलम्पिकमा सहभागी हुन सक्ने बताएका थिए। उनले उत्तर र दक्षिणबीच रगतको नाता भएको बताएका थिए।

यसको जवाफमा दक्षिणले उत्तरलाई वार्ताको प्रस्ताव गरेको थियो। त्यसलगत्तै उत्तरले हटलाइन सेवा सुरु गरेको थियो। दुई कोरियाबीच  वार्ताको सम्भावना बढेपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शीतकालीन ओलम्पिकसम्म संयुक्त सैन्य अभ्यास नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs