माल्दिभ्समा संकटकाल घोषणा, संसद निलम्बन

काठमाडौं  माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिनले १५ दिनका लागि संकटकाल घोषणा गरेका छन् । राष्ट्रपति यमिन र अदालतबीच बढ्दै गएको टकरावका कारण माल्दिभ्समा संकटकाल घोषणा गरिएको हो ।

संकटकाल घोषणासँगै त्यहाँको संसद् र अदालत निलम्वनमा परेको छ । त्यहाँको सर्वोच्च अदालतले सबै राजनीतिक बन्दीलाई रिहा गर्न आदेश दिएपछि उत्पन्न तनावका कारण राष्ट्रपति यमिनले प्रधानन्यायाधीश अब्दुल्ला सइद र न्यायाधीश अली हामिदलाई नियन्त्रणमा लिन लगाएका छन् ।

सर्वोच्चको आदेशपछि भड्किएका राष्ट्रपतिले आफ्ना विपक्षिहरुलाई जेल चलान गरेर सबै सत्ता आफूमा केन्द्रित गर्न खोजेको आरोप लगाइएको छ । उनको यस कदमलाई सर्वोच्चले साथ नदिएपछि संकटकाल घोषणा गरिएको छ । माल्दिभ्सको संविधानको धारा २५३ अनुसार संकटकाल घोषणा गरिएको राष्ट्रपति कार्यालयको सूचनामा उल्लेख छ ।

संकटकाल घोषणापछि केही अधिकार कटौती भएपनि नागरिकका सामान्य गतिविधि र व्यापार व्यवसायमा कुनै असर नपर्ने त्यहाँको सरकारले बताएको छ । त्यहाँको सरकारले अदालतको फैसला पालना गर्न अस्वीकार गरेको छ ।

सर्वोच्चले विपक्षी दलका केही नेता तथा कार्यकर्तालाई रिहा गर्न आदेश दिएसँगै राष्ट्रपति यमिन अदालतसँग रुष्ट बनेका हुन् । राजनीतिक आस्थाका आधारमा झुठा मुद्दा लगाइएको भन्दै पूर्वराष्ट्रपति मोहम्मद नासिदविरुद्धको मुद्दालाई गैरसंवैधानिक भन्दै अदालतले खारेज गरिदिएको थियो ।

हाल निर्वासित जीवन बिताइरहेका नासिदले राष्ट्रपपति यमिनले पदबाट राजीनामा गर्नुपर्ने माग गर्दै आएका छन् । उनले सरकारको पछिल्लो कदमलाई सत्ता परिवर्तनको बाटोमा गएको बताएका छन् । अहिले माल्दिभ्समा विपक्षी नेता तथा कार्यकर्ता सरकार र राष्ट्रपतिको बिरोधमा उत्रिएका छन् ।

यतिबेला त्यहाँको सेनाको भूमिका महत्वपूर्ण भएको छ । यो सँगै भारत र चीनले माल्दिभ्सको कदमलाई कसरी लिन्छन र कसलाई साथ दिन्छन भन्ने विषय पनि महत्वपूर्ण भएर आएको छ । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs