किमकी बहिनी दक्षिण कोरियामा

काठमाडाै । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङ शीतकालीन ओलम्पिक उद्घाटन कार्यक्रममा सहभागी हुन शुक्रबार दक्षिण कोरियामा पुगेकी छिन्।शुक्रबारदेखि सुरु हुन लागेको ओलम्पिक उद्घाटन कार्यक्रममा सहभागी हुन यो जोङ उत्तर कोरियाली खेलकुदसम्बन्धी मार्गनिर्देशन गर्ने समितिका अध्यक्ष चो ह्वी, अन्तरकोरिया मामिलासम्बन्धी एजेन्सीका अध्यक्ष री सन ग्वन लगायतको टोली दक्षिण कोरिया पुगेको हो।

बुधबार नै करिब २८० उत्तर कोरियालीहरुको टोली दक्षिण कोरिया पुगेको हो। किम यो जोङ पछिल्लो समय पार्टी र देशको नेतृत्वमा उच्च पद हासिल गर्दै पोलिटब्युरोमा पुगेकी छिन्। ३० वर्षीया उनी उत्तर कोरियाली शासक किम जोंङ उलकी कान्छी छोरी हुन्। उद्घाटन समारोहमा उत्तर कोरिया र दक्षिण कोरियाले एकै झन्डामुनि मार्चपास गर्दैछन्।

उत्तर कोरियाली उक्त उच्चस्तीय प्रतिनिधिमण्डललाई दक्षिण कोरियाली एकतामन्त्रीले स्वागत गरेको जनाइएको छ । दक्षिण कोरियाली एकतामन्त्री चो म्योङ गियोन उक्त प्रतिनिधिमण्डलको स्वागतका लागि विमानस्थल पुगेका थिए ।  मन्त्री च्यो, उपमन्त्री चुन हाउसुन, दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका सुरक्षा उपनिर्देशक नाम ग्यानपो पनि उनीहरुको स्वागतका लागि उक्त विमानस्थलमा पुगेको एकता मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

विदेशीहरुको स्वागतका लागि दिने उच्चस्तरीय सम्मान दक्षिण कोरियाले दिएको बताइएको छ । मन्त्रीस्तरका व्यक्ति विमानस्थलमा पुगेर गरिएको यो स्वागत उच्चस्तरीय रहेका पनि बताइएको छ ।  यस खेलकूदको शुक्रबार उद्घाटन हुदैछ । त्यसैगरी उक्त शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले एउटै झण्डामुनि ‘मार्च’ गर्नेछन् । 

उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रियरुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।  उक्त कटुतापूर्ण सम्बन्धलाई सुधारका रुपमा विकासगर्ने सुविधा यसै खेलकूदबाट प्राप्त हुनसक्ने भएकोले उत्तर कोरियाको आणविक होडको अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा पनि विश्व समुदायले गरेको विश्लेषण गरिएको छ । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs