मुनलाई किमको भ्रमणको निमन्त्रणा

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनलाई प्योङयाङ भ्रमणको निमन्त्रणा दिएका छन् । दक्षिण कोरियाको सोलस्थित राष्ट्रपति भवनमा राष्ट्रपति मुन र उत्तर कोरियाली नेता किमकी बहिनी किम यो जोङबीच भएको भेटमा हस्तलिखित उक्त निम्तो दिइएको हो ।

दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका प्रवक्ताले किमको पत्रमा छिटोभन्दा छिटो भ्रमण गर्न आग्रह गरिएको जनाएका छन् । नेता किम जोङ उनकी बहिनी किम यो जोङ दक्षिण कोरियामा शीतकालीन ओलम्पिक सुरु हुनुअघि मुनलाई भेट्न सोल पुगेकी थिइन् ।

किम यो जोङ र उत्तरका आलंकारिक राष्ट्राध्यक्ष मि जोङ नामले ओलम्पिकको अवसरमा दक्षिण कोरियाको भ्रमण गरेका हुन् । यो सन् १९५० को कोरियाली युद्वपछिकै उच्चस्तरीय भ्रमण हो । तर, अमेरिकाले उत्तर कोरियासँग नअल्मलिन दक्षिण कोरियालाई चेतावनी दिइरहेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुनले दुई कोरियाली नेताबीच वार्ता हुनुपर्ने र उत्तरलाई अमेरिकासँगको वार्तामा फर्काउन प्रोत्साहित गर्नुपर्ने बताएका छन् । मुनले उत्तर कोरिया भ्रमण गरे उक्त भ्रमण दुई कोरियाली नेताबीचको दशकयताकै पहिलो हुनेछ । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs