दम्पतीको मृत्यु भएको चार वर्षपछि जन्मियो सन्तान

काठमाडौं । चीनमा कार दुर्घटनामा परी मृत्यु भएका एक दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ। बच्चा जन्माइदिन कोख भाडामा दिने ‘सरोगेट मदर’मार्फत् ती बालकको जन्म भएको हो । सन् २०१३ मा कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने आशामा उक्त दम्पतीले आफ्ना केही भ्रूण नबिग्रिने गरी कम तापक्रममा भण्डारण गर्ने व्यवस्था मिलाएका थिए ।

लाओसकी ‘सरोगेट’ आमामार्फत् ती बालकको जन्म गत डिसेम्बरमा भएको थियो तर त्यो खबर हालै मात्र सार्वजनिक भएको छ । दुर्घटना हुँदा भ्रूण नान्जिङ अस्पतालमा तरल नाइट्रोजन भएको ट्यांकमा माइनस १९६ डिग्रीमा जमाएर सुरक्षित राखिएको खबर अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले लेखेको छ । 

लामो कानुनी लडाइँपछि ती बालकका घर र मावलीतर्फका हजुरबुवा–हजुरआमाले भ्रूणको अधिकार पाएका थिए । चीनमा सरोगेसी गैरकानुनी भएकाले उनीहरु सरोगेसी कानुनी रूपमा सञ्चालन हुने लाओसस्थित सरोगेसी सेवा उपलब्ध गराउने संस्थामा पुगेका थिए । एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs