सिरियामाथि अमेरिका, फ्रान्स र ब्रिटेनको आक्रमण

काठमाडौं । युद्धग्रस्त मुलुक सिरियामा अमेरिकाले मिसाइल आक्रमण सुरु गरेको छ । अमेरिकाको सैन्य हमलामा फ्रान्स र  ब्रिटेनले पनि साथ दिएका छन् । सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा भएको रसायनिक आक्रमणको जवाफमा अमेरिकाले सिरियाली सेनाविरुद्ध आक्रमण गरेको हो ।

सिरियामा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणालगत्तै राजधानी दमास्कस वरपर विष्फोटका ठूला आवाज सुनिएका छन् । अमेरिकी अधिकारीहरुले यस सैन्य कारवाहीमा लडाकू विमान र युद्धपोतको समेत प्रयोग गरिएको जानकारी दिएका छन् ।

गत हप्ता सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा रसायनिक हमला भएको थियो जसबाट महिला र बालबालिका बढी प्रभावित भएका थिए । यसको विश्वभर कडा आलोचना भएको थियो । अमेरिकाले यस केमिकल आक्रमणमा रुस, इरान र सिरिया सरकारको हात रहेको आरोप लगाउँदै आएको छ ।

रुसले सिरिया सरकारलाई र अमेरिकाले विद्रोहीलाई साथ दिँदै आएको छ । रुसले अमेरिकी मिसाइललाई आकाशमै ध्वस्त पार्ने चेतावनी दिएको छ ।

सिरिया हमलाको अनुसन्धान गर्न राष्ट्रसंघलाइ मनाउने प्रयास 

अमेरिका, बेलायत र फ्रान्सले सिरियामा भएको भनिएको रासायनिक हमलाको स्वतन्त्र अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई  मनाउने प्रयास थालेका छन । सिरियाको रासायनिक हतियार निर्माण गर्ने ठानिएका क्षेत्रमा क्षेप्यास्त्र हमला गरेका यी देशले परिषद्का सदस्यलाई मस्यौदा प्रस्ताव समेत पठाएका छन । 

मस्यौदा प्रस्तावमा सिरियामा मानवीय सहायता पुराउने र संयुक्त राष्ट्रसंघले नेतृत्व गरेको शान्ति वार्तामा सिरियाका राष्ट्रपति बसर अल असदको सरकार पनि सामेल हुन आव्हान गरिएको बीबीसीले उल्लेख गरेको छ । अमेरिका, बेलायत र फ्रान्सले सोमबार सम्म वार्ता शुरु हुने आशा व्यक्त गरेका छन । 

यसअघि रुसले त्यस्तो जाँचबुझ विरुद्ध भिटो अर्थात विशेष अधिकार प्रयोग गरेको थियो । अमेरिकाले भने सिरियामा थप हवाई हमलाको चेतावनी समेत दिएको छ ।  राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियालाई रासायनिक हतियारको प्रयोग फेरि नगर्न चेतावनी दिदैं फेरि प्रयोग गरेमा अर्को हवाई आक्रमणको सामना गर्न तयार रहन चेतावनी दिएको विविसीले जनाएको छ । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs