उत्तर कोरिया र चिनियाँ नेताबीच भेटवार्ता

वैशाख  उत्तर कोरियाका नेता किम जोङ उनसँग चिनियाँ कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेताले राजधानी प्योङयाङमा भेटवार्ता गरेका छन् । उत्तर कोरियाको राजधानी प्योङयाङमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ नेतृत्वको टोलीले उनसँग भेटवार्ता गरेको हो । 

उक्त उच्चस्तरीय भेटका क्रममा दुई देशको आपसी सम्बन्धलाई बलियो बनाउने बारेमा छलफल भएको उत्तर कोरियाली समाचार समिति, केसीएनएले जनाएको छ । उत्तर कोरियाली नेता उनले केही हप्ता अगाडि चीनको अप्रत्याशीत भ्रमण गरी राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नुभएको थियो । 

उहाँहरूको भेटवार्ताको विषयलाई लिएर अमेरिकालगायतका देशहरूले चासो व्यक्त गरेका थिए भने विश्वभर नै चर्चाको विषय बनेको थियो । पछिल्लो समयमा उत्तर कोरिया अन्तर्राष्ट्रिय सम्बन्ध विकासको काममा केही उदार देखिएको छ । 

आणविक क्षेप्यास्त्रको बारम्बार परीक्षणका कारण विश्व समुदायबाट अलग्गिएको उत्तर कोरिया यतिखेर भने भेटवार्ताको कूटनीतिमा अग्रसर भएको देखिएको चर्चा सुरु भएको छ । रासस


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs