रुसी राष्ट्रपति पुटिनको अमेरिकालाई चेतावनी

काठमाडौं । सिरियाको विषयलाई लिएर अमेरिका र रुसबीचको विवाद सतहमा आएको छ। पछिल्ला गतिविधिले दुवै देशबीचको कटु सम्बन्ध रोकिने संकेत भने देखिएको छैन । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आइतबार अमेरिकालाई चेतावनी दिँदै सिरियामा फेरी सैन्य कारबाही भए स्थिती भयाभह हुने चेतावनी दिएका छन् ।

सिरियाको डुमामा भएको रासायनिक आक्रमणपछि शनिबार अमेरिका, फ्रान्स र बेलायतले एक संयुक्त कारबाही गरेका थिए । उनीहरुले सिरियाली सरकारका ३ अड्डामा बमबारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लगत्तै रुसले सो आक्रमणलाई लिएर आलोचना समेत गरेको थियो । तर पहिलो पटक सो विषयमा आफ्नो विचार राख्दै पुटिनले सिरियामाथि कुनै आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् ।

रुसको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यदि संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन गर्दै यस प्रकारको कारबाही हुने हो भने निश्चित रुपमा अन्तर्राष्ट्रिय सम्बन्धमा अराजकताको स्थिती पैदा हुनेछ ।’ एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs