किशोरी बलात्कार आरोपमा आसारामलाई आजीवन कैद

काठमाडौ । भारत स्थित जोधपुरको विशेष अदालतले नाबालिग बलात्कार अपराधमा आसाराम बापूलाई आजीवन कैदको सजाय सुनाएको छ । अदालतले बुधबार बलात्कारको मुद्दामा ७७ वर्षिय आसारामलाई दोषी ठहर गरेको थियो ।

१५ अगष्ट २०१३ मा बलात्कृत भएकी किशोरीले पाँच दिनपछि प्रहरीमा उजुरी दिएका थिए । आशाराम इन्दौरबाट पक्राउ परे । पुर्पक्षका लागि उनी अहिले पनि बन्दी जीवन बिताइरहेका छन् । 

आसाराममाथि २०१३ मा आफ्नै आश्रममा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप थियो । किशोरीका आमाबुबा आसारामका भक्त थिए । एक दिन स्कुलमा किशोरी लडेपछि बाबुआमाले उनलाई आश्रममा लिएर गए ।

त्यही आश्रममा आसारामले किशोरीलाई बलात्कार गरेको आरोपमा उनी विरुद्ध मुद्धा चलाइएको थियो । बापु संगै शिल्पी र सरदारलाई २०-२० वर्ष जेल सजाय सुनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs