ब्वायफ्रेण्डका आइफोन बेचेर युवतीले किनिन् घर

काठमाडौं । अहिलेको जमानामा मानिसहरुलाई कोभन्दा को कम भन्ने नशा नै लागेको छ । प्रतिस्पर्धाको यो युगमा अघि बढ्न वा चाहेको कुरा प्राप्त गर्नका लागि कोही मानिसहरुले निकै स्मार्ट तथा इमान्दार बाटो अपनाउँदछन् तर केही मानिसहरु जुनसुकै हदसम्म गिर्न तयार हुन्छन् ।

चीनमा हालै यस्तै घटना सार्वजनिक भएको छ । जसमा एक युवतीले घर किन्नका लागि एक दुई होइन २० जना ब्वायफ्रेण्ड बनाइन् । एक पछि अर्को गर्दै नयाँ नयाँ केटाहरुसँग प्रेमको नाटक रची सबैसँग आइफोन सेभेन फुत्काउन सफल भइन् । आफ्ना सबै २० ब्वायफ्रेण्डसँगबाट गरी २० वटा आइफोन हात पार्न सफल भएकी ती युवती अन्ततः एकसाथ सबै केटाहरुलाई जिल्ल पार्दै छाडिन् ।

ती युवतीको नाम शायली भएको बताइएको छ । उनले २० वटा आइफोन सेभेन जम्मा पारेसँगै एक मोबाइल फोन बिक्रेता कम्पनीमा लगेर बेचिन् । कम्पनीले उनलाई ती आइफोनको झण्डै १८ हजार डलर बराबरको रकम दियो ।

त्यो रकम घर किन्नका लागि पर्याप्त थियो । शायलीले सोही पैसाले आफ्ना लागि घर खरीद गरिन् । आफ्ना बुवाआमा निकै बुढा भएका र आफुलाई जसरी पनि बस्ने घर किन्ने दबाब परेकोले आफुले त्यस्तो बाटो अपनाएको उनले बताएकी छिन् ।-एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs