भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उनलाई लक्षित गर्दै आक्रमण भएको थियो । 

सरकारले उक्त आक्रमणबाट राष्ट्रपति जोगिएकाे बताएकाे छ । आक्रमणमा परी सात जना सैन्य अधिकारीहरु घाइते भएको जनाएको छ । भेनेजुएलाका सञ्चार मन्त्री जर्ज रोड्रिगेजले भने “यो राष्ट्रपति निकोलस मडुरो विरुद्धको आक्रमण हो,” । घटना हुँदा उक्त सैनिक कार्यक्रमको एक टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको थियो । 

राज्य–सञ्चालित टेलिभिजनले प्रशारण गरेको दृश्यमा विस्फोटको ठूलो आवाज सुनिएपछि राष्ट्रपति मडुरो त्रसित हुनुभएको र सैनिकहरुले उहाँलाई घेरा हालेका थिए भने भाषण सुनिरहेका सैनिक टुकडी तितरबितर भएका थिए ।  सञ्चार मन्त्री जर्जका अनुसार, राष्ट्रपति बोलिरहनुभएको मञ्चको छेउमै विस्फोट भएको थियो, र यस्ता विस्फोट त्यहीँनजिक अरु पनि भएका थिए । 

यसैबीच राष्ट्रपति मडुरोले कोलम्बियाका राष्ट्रपति हुआँ म्यानुअल सान्तोसले सो आक्रमण गर्न लगाएको आरोप लगाएका छन् । आक्रमणपछि अहिले भेनेजुएलामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने सुरक्षाकर्मीहरु व्यापक रुपमा परिचालन गरिएको छ ।-एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs