स्वीजरल्याण्डमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

जेनेभा । दोस्रो विश्वयुद्धको समयमा जर्मनीमा बनेको  विमान स्वीजरल्याण्डको हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत २० जनाको मृत्यु भएको छ । ऐतिहासिक महत्वको द जङ्कर, जेयू ५२ एचबी–एचओटी विमानमा चालक दलका तीन सदस्य र १७ यात्रु लिएर पिज सेगनास हिमाल क्षेत्रमा उडिरहेका समय शनिबार दुर्घटनाग्रस्त भएको स्वीजरल्याण्डको एटिएस न्यूज एजेन्सीले जनाएको छ ।

विमान दुई हजार ५०० मिटरको उचाईमा रहेका समय दुर्घटनाग्रस्त भएको एटिएसले जनाएको छ । सो विमान दोस्रो विश्वयुद्ध शुरु भएको बर्ष सन् १९३९ मा जर्मनीमा बनेको थियो। 

विमान स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको थियो। एक पत्रिकाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, “विमान १८० डिग्री दक्षिणतर्फ मोडिएपछि चट्टानसरी जमिनमा खसेको थियो ।”  -एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs