साउदी अरेबिया र क्यानाडाबिचको हवाई उडान रद्द

रियाद । साउदी अरेबियाको राष्ट्रिय ध्वजाबाहक विमान सेवाले क्यानाडाको टोरन्टोमा गर्दै आएका उडानहरु रद्द गर्ने भएको छ । उडानहरु अर्को सोमबारदेखि रद्द गरिएको र त्यसपछिका लागि टिकटहरु बिक्री नगर्न आदेश दिइएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।क्यानाडेली विदेशमन्त्री र रियादमा रहेको दूतावासको विरोधस्वरुप साउदी अरेबियाले यो निर्णय गरेको बताइएको छ ।

क्यानाडेली विदेशमन्त्री क्रिश्टिया फ्रिल्याण्डले साउदी अरेबियाको जेलमा रहेका क्यानाडेली नागरिक समाजका एकजना अभियन्तालाई तुरुन्त रिहा गर्न दबाव दिँदै आएकी छिन्।रियादमा रहेको क्यानाडेली दूतावास र विदेशमन्त्री फ्रिल्याण्डले ती क्यानाडेली नागरिकलाई तुरुन्त रिहा गर्न दबाव दिएपछि त्यसको विरोधस्वरुप साउदी अरेबियाले पछिल्लो निर्णयका रुपमा रियादबाट टोरन्टोमा भइरहेका उडानहरु रद्द गर्ने निर्णय गरेको हो ।

यसै विरोधस्वरुप साउदी अरेबियाले रियादमा रहेका क्यानाडेली राजदूतलाई पनि २४ घन्टाभित्र देश छोड्न सोमबारै आदेश दिएको छ ।त्यसैगरी क्यानाडामा रहेका आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको छ । यसका साथै साउदी अरेबिया र क्यानाडाबीचको व्यापार व्यवसाय र नयाँ लगानीका सबै कार्यक्रमहरु पनि स्थगित गर्न आदेश दिइएको साउदी अरेबियाले जानकारी गराएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

एयरलाइन्सले सोमबारपछिका लागि बुकिङ गरिएका टिकटहरु रद्द गर्न यसका यात्रुहरुलाई भनेको छ र यदि यसरी रद्द गर्दा कुनै पनि दस्तुर नलाग्ने गरी व्यवस्था मिलाइएको जानकारी पनि गराएको छ । एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs