राष्ट्रपतिको कार्यालयमा तालिवानको आक्रमण

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीको सम्बोधनका क्रममा तालिवानी लडाकुले राष्ट्रपतिको कार्यालयमा आक्रमणको प्रयास गरेका छन्।  मङ्गलबार तालिबानी लडाकू समूहले राष्ट्रपति असरफ घानीले मुस्लिम समुदायको महान चाड इदका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सम्बोधन गरिरहेको अवस्थामा दुई क्षेप्यास्त्र प्रहार गरेका थिए।

आक्रमणबाट कुनै मानवीय हाताहाती नभएपनि दुई सुरक्षाकर्मी र दुई सर्वसाधारण घाइते भएका छन्। राष्ट्रपतिको सम्बोधन टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो। टेलिभिजनको प्रत्यक्ष प्रसारणमा विस्फोटको आवाज समेत सुनिएको बीबीसीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार राष्ट्रपतिको कार्यालय वरपर दश पटक विस्फोटको आवाज सुनिएको थियो।

तालिवानको पहिलो आक्रमणबाट राष्ट्रपति कार्यालय नजिकै विस्फोटन भएको थियो भने अन्तिम आक्रमण नेटो समूह तथा अमेरिकी दूतावास नजिकै झरेको थियो। सम्बोधनका क्रममा बिस्फोटको आवाज सुनेपछि राष्ट्रपति घानीले सम्बोधनकै क्रममा भनेका छन्, ‘रकेट आक्रमणबाट अफगानीलाई कमजोर तुल्याउने उनीहरुको सोचाइ गलत छ।’

आक्रमणपश्चात हतियार जडित हेलिकप्टरले आक्रमणकारीविरुद्ध हमला गरेको थियो। अफगानी प्रतिकारबाहीमा सबै आक्रमणकारीको मृत्यु भएको बताइए पनि कति भनेर खुलाइएको छैन। यसअघि सरकारले इदको उपलक्ष्यमा युद्धविरामको घोषणा गरेको थियो। तर सोमबार सयौँ सर्वसाधारणलाई तालिवानले अपहरण गरेपछि सरकारले युद्धविराम भंग भएको जानकारी दिएको थियो। एपी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs