उत्तर कोरिया र अमेरिकाबीच दोस्रो वार्ता हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग चाँडै दोस्रो शिखर वार्ता हुने बताएका छन्। उनले न्यूयोर्कमा दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनसँग भएको भेटमा अमेरिका र उत्तर कोरियाबीच सुमधुर सम्बन्ध स्थापित हुनेमा आफू विश्वस्त भएको बताएका हुन्।

गतहप्ता उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण निशस्त्रीकरण, अमेरिका–उत्तर कोरिया सम्बन्ध तथा कोरियाली तनाव अन्त्यको विषयमा छलफल गर्न दक्षिण कोरियाली राष्ट्रपति मुन उत्तर कोरियाली राजधानी प्योङयाङ पुगेका थिए। त्यहाँ सकारात्मक छलफल भएपछि मुन उत्तरको सन्देश बोकेर अमेरिका पुगेका हुन्।

उत्तरले अमेरिकी सम्बन्धलाई सुमधुर बनाउन आफूले क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने बताएको थियो। मुनसँगको छलफलमा ट्रम्पले भने, ‘उत्तर र अमेरिकाबीच धेरै प्रगति भएको छ। सम्बन्ध धेरै सुदृढ भएको छ। हाम्रो दोस्रो शिखर सम्मेलन मलाई चाडै नै होला जस्तो लागेको छ।’ 

यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले समेत आफूहरु उत्तरसँगको वार्ताका लागि तयार भएको प्रतिक्रिया दिएका थिए। यद्यपी शिखर वार्ता कहाँ गर्ने भन्ने निश्चित भइसकेको छैन्।

उत्तर कोरियासँग अमेरिका र दक्षिण कोरियाको सम्बन्ध ६८ वर्षयता राम्रो थिएन। तर, गतवर्ष दक्षिण कोरियामा मुन जे–इन नयाँ राष्ट्रपतिमा निर्वाचित भएपछि सम्बन्धले नयाँ मोड लिएको हो। यद्यपी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण कार्यक्रमले अमेरिका र उत्तरबीच ठूलो टकराबको अवस्था सृजना भएको थियो। ट्रम्पकाे चर्काे अभिव्यक्तिका कारण उत्तरले अमेरिकामा आक्रमण गर्ने सम्म धम्की दिएको थियो।

अमेरिकाले उत्तरसँग युद्ध गर्न तयार भएको जनाएको थियो। तर, यसैवर्षको सुरुवातमा उत्तर कोरियाले दक्षिण कोरियासँग दक्षिणमा आयोजना भएको शितकालिन ओलम्पिक्समा सहभागिता जनाउँदै एकै झण्डामुनी रहेर खेल खेल्ने सम्झौता गरेपछि सम्बन्धहरु सुदृढ हुँदै गएको छ। गत जुनमा उत्तर कोरिया र अमेरिकाबीच समेत वार्ता भएको थियो।  जुन दक्षिण कोरियाको मध्यस्ततामा भएको थियो।

त्यसबेला क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने मौखिक सम्झौता भएपनि यस पटकको वार्ताले कार्यान्वयनको अवस्था सृजना गर्ने दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले विश्वास व्यक्त गरेका छन्। अमेरिका र उत्तर कोरियासमेत शान्तिवार्ताका लागि सकारात्मक देखिएको छ। एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs