अमेरिकी राष्ट्रपतिले भाषण गर्दा सभाहलमा हाँसो

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामालाई सम्बोधन गरिरहँदा सहभागीहरुको हाँसोले सभा गुञ्जिएको छ । सम्बोधनका क्रममा ट्रम्पले अमेरिकाको इतिहासमै आफ्नो नेतृत्वले अन्य कसैको तुलनामा धेरै काम गरेको दावी गरेपछि सभामा हाँसो गुञ्जिएको हो ।

महासभामा सहभागीहरु एकसाथ हाँसेपछि ट्रम्प अलमलमा परेका थिए । तर तत्कालै मुस्काउँदै उनले परिस्थितिलाई सामान्यीकरण गर्दै भने, ‘मैले यस्तो प्रतिक्रियाको अपेक्षा गरेको थिइनँ ।’ उनले आफ्नो भनाइलाई प्रष्ट्याउँदै अगाडि भने, ‘अमेरिका यसअघि यति बलियो, धनी र सुरक्षित कहिल्यै थिएन ।’

ट्रम्पले उत्तर कोरियासँग नरम र चीनसँग कडा व्यवहारको बचाउसमेत गरे । उनले भने, ‘म प्रत्येक देशको आफ्नो परम्परा, विश्वास र मूल्य–मान्यताको अधिकारलाई सम्मान गर्दछु । तपाई कसरी बस्ने र कसरी काम गर्ने, कसको पूजा गर्ने भन्नेबारे अमेरिकाले सिकाउँदैन । म यतिमात्र चाहन्छु कि तपाईहरुले पनि अमेरिकाको सम्प्रभूताको सम्मान गर्नुस् ।’

उनले राष्ट्रवादलाई अमेरिकी नागरिकको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने एकमात्र विकल्पका रुपमा अघि सारे । उनले विश्व स्वास्थ्य संगठनको समेत आलोचना गरे । विश्व स्वास्थ्य संगठनका तर्फबाट अब अमेरिकाले थप ‘उत्पीडन’ नसहने उनको भनाइ थियो । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs