Wednesday, 20th March, 2019

बेलायतमा ब्रेक्जिटबारे संसद्‍मा मतदान हुँदै

काठमाडौं  युरोपेली संघ (इयू)बाट बेलायत अलग हुने प्रक्रिया (ब्रेक्जिट)का विषयमा आज बेलायती संसद्‍मा मतदान हुँदैछ। प्रधानमन्त्री टेरिजा मेले तयार पारेको उक्त प्रस्तावमा बेलायतलाई आगामी मार्च २९ तारिखमा इयूबाट बाहिर ल्याउने योजना समेटिएको ठानिएको छ । मंगलबार बेलुका संसद्‍मा बहसपछि प्रधानमन्त्री मेको सहमति मस्यौदामा मतदान हुनेछ ।

उनले युरोपेली संघसँग दुई वर्ष लगाएर गरेको छलफलपछि तयार पारेको उक्त मस्यौदा सम्झौतामाथि सांसदहरूले आफ्नो निर्णय दिनेछन् । यदि सांसदहरूले प्रधानमन्त्री मेको प्रस्ताव अस्वीकार गरेमा तोकिएकै मितिमा बेलायत कुनै सम्झौता बिना नै इयुबाट बाहिरिने छ वा त्यो मिति पछाडि धकेलिने छ ।

उक्त प्रस्ताव अस्वीकार गरेमा कुनै सम्झौता बिना नै इयुबाट बेलायत बाहिरिने कि नबाहिरिने भन्ने विषयमा पनि सांसदलाई मतदानको अवसर प्रदान गरिने छ । प्रस्ताव पारित भएमा भने बेलायतबाट आगामी मार्च २९ तारिखमा इयुबाट बाहिरिने छ । तर सन् २०२० को डिसेम्बरसम्म बेलायत अहिलेकै स्वरुपमा चल्नेछ । एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News