Thursday, 18th April, 2019

जर्मनी जाने विमान झुक्किएर स्कटल्याण्ड पुगेपछि

काठमाडौं । लण्डन सिटी एयरपोर्टबाट जर्मनीको डुसेलडर्भका लागि उडेको ब्रिटिश एयरवेज फ्लाइटका यात्रीहरु सोमबार बिहान स्कटल्याण्डको राजधानी एडिनबर्ग पुग्दा चकित भए । ‘फ्लाइट प्लान’मा भएको गडबडीका कारण पाइलट र चालक दलका सदस्यले इडिनबर्गका लागि नै उडान भर्नुपर्ने सोचेपछि यस्तो गल्ती हुन पुगेको बताइएको छ ।

इडिनबर्गमा अवतरण गरेपछि उक्त विमान पुनः डुसेलडर्फका लागि उडेको थियो । पियोटर पोमिन्सकी, इम्पेरियल कलेज लण्डनका विद्यार्थीले सिएनएनसँगको कुराकानीमा आफ्नी प्रेमिका उक्त विमानको भएको बताए । ‘मैले फ्लाइटरडारमा हेर्दा उक्त विमान दक्षिणतिर उड्नुको साटो उत्तरतिर उडिरहेको देखेँ । केही प्राविधिक गडबडीका कारण यस्तो भएको हुनसक्ने अनुमान गरेँ । पछि उनले मलाई विमान इडिनबर्ग पुगेको बताइन् ।’

विमानभित्रकी यात्री जाबोले सिएनएनसँगको कुराकानीमा विमानबाहिर पहाड देख्दा केही त गडबड छ भनेर सोचेको बताइन् । ‘जब हामी उड्न थाल्यौं तब मैले अग्ला पहाड देख्न थालेँ । मैले सोचेँ यो पूर्वी नेदरल्याण्ड, पश्चिमी जर्मनी हुनै सक्दैन । त्यसपछि मसँगै बसेका साथीले गुगल म्याप हेर्न सुझाए, हेर्दा त हामी कार्लिस्ले वरिपरि भएको थाहा पायौं ।’

‘उक्त जानकारी सबैतिर फैलियो । सबैले एक–अर्कालाई कता जान लागेको भनेर सोधे, सबैले उत्तर दिए डुसेलडर्भ ।’ ‘जब हामी अवतरण गर्यौं तब विमान परिचारिकाले डुसेलडर्भ जानेहरुलाई हात उठाउन आग्रह गरिन् । विमान भित्रका सबैले हात उठाए,’ उनले भनिन् ।

विमानका क्याप्टेनले यात्रीसँग माफी माग्दै विमान जर्मनी उड्ने जानकारी दिए । ‘हामीमध्ये धेरै यो स्थितीमा हाँस्यौं,’ जाबोले भनिन् । ‘सबैजना फोनमा थिए, आफूहरु गलत शहरमा पुगेको सम्झाउदै थिए ।’एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News