Thursday, 18th April, 2019

विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ

काठमाडौं । खोजी पत्रकारिताका लागि चर्चित  विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन् । बिहीबार उनलाई बेलायतस्थित इक्वेडरको दूतावासबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

उनले ७ वर्षदेखि उक्त दूतावासमा शरण लिइरहेका थिए । उनलाई यौन दुर्व्यवहारको आरोप लागेको थियो। लण्डन सहरको मेट्रो प्रहरीले असान्जले अदालतमा आत्मसमर्पण गर्न अस्वीकार गरेकाले पक्राउ गरिएको बताएको छ । 

इक्वेडरका राष्ट्रपति लेलिन मोरेनोले असान्जले अन्तर्राष्ट्रिय सन्धि उल्लंघन गरेका कारण उनको शरण फिर्ता लिएको बताएका छन् । तर, विकिलिक्सले भने यसलाई अस्वीकार गरेको छ ।

‘अन्तर्राष्ट्रिय सन्धि उल्लंघनका नाममा इक्वेडरले गैरकानुनी रुपमा असान्जको राजनीतिक शरणलाई समाप्त गरेको  छ,’ विकिलिक्सले ट्विट गरेको छ ।  ४७ वर्षीय असान्जले दूतावास छाड्न अस्वीकार गर्दै आएका थिए ।

आफूले दूतावास छाडे विकिलिक्सका गतिविधिमाथि प्रश्न उठाउँदै अमेरिकाले आफूमाथि कानुनी कारबाही चलाउने सक्ने दाबी उनले गर्दै आएका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News